भुवन केसीमाथि खनिए दीपकराज गिरी, भन्छन् – ‘यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ’

काठमाडौँ : – चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले बुधबार भुवन केसीमाथि आक्रोश पोखेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दीपकराज गिरी भुवनमाथि खनिएका हुन्।

उनले लेखेका छन् – ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ। यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..’

खासमा चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी सबै फिल्मको कमाई सार्वजनिक गरेपछि नेपाली चलचित्र क्षेत्रमा भुइँचालो आएको हो। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आफ्नो फिल्मले करौडौं कमाएको हौवा पिट्ने चलचित्र निर्माताहरुलाई बक्स अफिसको तथ्याङ्कले गलत देखाएको छ। जसकारण फिल्मकर्मीहरु चलचित्र विकास बोर्डसँग रुष्ट भएका छन्।

प्रकाशित : बुधबार, चैत २९, २०७९१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् २०७९ सालमा सर्वाधिक कमाई गर्ने ७ नेपाली चलचित्र