काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत २७ गते सोमबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
पञ्चाङ्ग : –
दिन : सोमवार ।। नक्षत्र : अनुराधा १३:३१ बजेसम्म, त्यस उप्रान्त ज्येष्ठा ।। तिथि : चतुर्थी ०८:२१ बजेसम्म, त्यस उप्रान्त पञ्चमी ।। करण : वालव ०६:३०बजेसम्म, त्यस उप्रान्त कौलव १९:२३बजेसम्म ।। योग : व्यतीपात २०:०९ बजेसम्म, त्यस उप्रान्त वरियान् ।। चैत २७, २०७९, सोमवार ।। १० अप्रिल, २०२३ ।। चतुर्थी, वैशाख कृष्णपक्ष ।। चौलागा, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ५:५७ सूर्यास्त(sunset) : – १८:२६ ।। शुभ साइत : पास्नी गर्ने साइत ।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
नोकरी व्यवसायमा कठिनाइ हुनेछ। जीवनसाथीसँगको मतभेदको अन्त्य हुनेछ। घरमा समय दिनुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्छ। शुभ रंग – निलो, उपाय – मन्त्रको जप गर्नुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सवारी साधनको आनन्द बढ्न सक्छ। आमाको संगत पाउन सकिन्छ। व्यापार व्यावसायबाट आम्दानी बढ्नेछ। मानसिक तनावले सताउन सक्छ। खर्च बढी हुने र आम्दानीमा कमीले चिन्तित रहनेछ। नकारात्मक विचारले प्रभाव पार्न सक्छ। कार्यस्थलमा प्रतिकूल परिस्थितिको सामना गर्नु पर्नेछ। बाबुको सहयोग मिल्नेछ। यात्राको सम्भावना छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
पारिवारिक सुख बढ्नेछ। परिवारमा धार्मिक कार्य हुनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। सन्तान सुखमा वृद्धि हुनेछ। व्यापारमा वृद्धि हुनेछ। आत्मविश्वास भरिपूर्ण हुनेछ। शैक्षिक तथा अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। क्रोधको मात्रा बढ्नेछ। साथीभाइसँग वादविवाद हुनसक्छ। माताको सहयोग मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
रिवारको सहयोग मिल्नेछ। व्यापारमा सुधार आउनेछ। दौडधुपको अधिकता हुनेछ। स्वभावमा रिस उठ्नेछ। आत्मविश्वासको कमी रहनेछ। जीवन साथीको सहयोग मिल्नेछ । पढाइमा रुचि बढ्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। परिवारबाट टाढा जान सक्छ। खर्चको मात्रा बढ्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
काममा प्रगतिको बाटो खुल्नेछ। कार्यक्षेत्रमा वृद्धि हुनेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला । बोलीमा नम्रता रहनेछ तर धैर्यतामा कमी आउन सक्छ। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। आम्दानीमा कमी र खर्च बढी हुने स्थिति रहनेछ। व्यर्थको विवाद हुनसक्छ । काममा अधिकारीसँग मतभेद हुन सक्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। पारिवारिक समस्याले सताउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। अत्याधिक खर्चले समस्यामा पर्न सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आम्दानीमा कमी र खर्च बढ्ने अवस्था आउन सक्छ। क्षणिक क्रोधित र क्षणभर सन्तुष्टिको अवस्था रहनेछ। पारिवारिक जीवन कष्टदायी हुन सक्छ। मनमा आनन्दको अनुभूति हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। बच्चालाई कष्ट हुनेछ। विवाद हुनसक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। परिवारको सहयोग मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ। लाभको अवसर मिल्नेछ। आत्मविश्वासको कमी रहनेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना छ। मान सम्मानमा बृद्धि हुनेछ । जीवन कष्टदायी हुनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मन प्रसन्न रहनेछ। पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यका लागि विदेश जान सकिनेछ। साथीभाइको सहयोग प्राप्त गर्न सकिनेछ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। आत्मविश्वासमा बृद्धि हुनेछ। पारिवारिक जीवन कष्टदायी रहनेछ। व्यापार व्यावसाय बढ्नेछ तर उचित लाभ हुनेमा सम्भावना छ । पारिवारिक जीवन सुखमय रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मन शान्त रहनेछ। परिवारमा सद्भाव कायम राख्न प्रयास गर्नुहोस्। साथीभाइको सहयोगले व्यापार बढ्नेछ। नकारात्मक विचारले प्रभाव पार्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। काममा परिवर्तनको सम्भावना छ। जीवन अव्यवस्थित हुनेछ। लामो यात्राको सम्भावना छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
परिवारको सहयोग मिल्नेछ । कार्यस्थलमा केही कठिनाइ आउन सक्छ। आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। सतर्क रहनुहोस्। मानसिक चिन्ताले सताउनेछ। आम्दानीमा बाधा आउन सक्छ। धनको अभाव हुनेछ । बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् मनमा नकारात्मकताको प्रभाव रहनेछ। क्रोध र आवेगको अत्याधिकता रहनेछ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। कार्यस्थलमा कठिनाइको सामना गर्न सकिन्छ। साथीभाइको सहयोग मिल्नेछ । शैक्षिक तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ।