२०७९ सालको अन्तिम हप्ता १२ राशिलाई शुभ-अशुभ कस्तो रहला ? यी राशिमा देखिनेछन् शुभसङ्केत

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (२०७९ चैत २५ देखि २०८० साल वैशाख १ गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ३० गते अष्टमी व्रत । १ गते वि.सं. २०८० सुरु, वैशाख सङ्क्रान्ति ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको सुरुको दिन राम्रो भए पनि आइतबारदेखि पूर्ण सन्तोषजनक छैन । एउटा न एउटा पीर परिरहला । कोरा व्यापारभन्दा प्राविधिक खाले व्यवसायले मात्र लाभ दिनेछ । परिश्रम बढी नै पर्ला । स्वास्थ्यका बारेमा विशेष सतर्क भइरहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मध्यम खालको साता छ । सानो सानो कुरामा पनि विवाद पर्न सक्छ तर त्यसलाई समाधान गरिदिने मित्र पनि भेट्टाउनु हुनेछ । सामान्य खालको लाभ मात्रै होला । विशेष लाभको सपना नदेख्नुहोस् । खर्च गर्नुपर्ने बाटो भने प्रशस्त हुनेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको पूर्वाद्र्ध राम्रो छ । गरेका काम बन्ने छन् भने शुभ समाचार पनि प्राप्त हुन सक्छ । बाधा दिनेहरू पनि प्रशस्त छन् । गणेशको सेवा नगरी तिनीहरूसँग मुकाबिला गर्न सकिने छैन । वैदेशिक व्यापारबाट विशेष फाइदा लिन सक्नुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साताको सुरुको दिन पेटमा गडबडी भएर गर्नुपर्ने काम रोकिएला । आइतबारदेखि भने राम्रै खालको छ । आर्थिक स्थिति राम्रो रहला । जागिरबाट त्यति ठूलो उपलब्धि नभए पनि व्यावसायिक कामले मद्दत गर्नेछ । मित्रबाट पाइने सहयोगमा कमी देखिन्न ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मध्यम खालको साता छ । पहिले आएका समस्या बिस्तारै घटेर जानेछन् । काम गर्ने उत्साह बढ्नेछ । बौद्धिक स्थिति राम्रो रहला । पढाइको स्तर पनि सुध्रनेछ । असल काम गर्न खोज्दा पनि बाधा दिने भने धेरै छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यो साता खर्च घट्ने छैन । अनेकौँ समस्या परी खर्च गरिरहनु पर्नेछ । भैरवको दर्शन नगरी त्यसलाई घटाउन सक्नु हुने छैन । व्यावसायिक कामबाट भने केही न केही लाभ हुने नै छ । नेतृत्व शक्ति फितलो भएको छ । सूर्यको आराधना गरिरहनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो सातालाई राम्रो भन्नुपर्छ । सुरुकै दिन भोजभतेर पर्ने र इष्टमित्रसँग भेट होला । शिक्षाको क्षेत्रमा भएको कमी पनि क्रमशः घटेर जाला । व्यापार, व्यवसायका लागि यात्रा गर्नुपर्ने स्थिति छ । मित्र सहयोग भने कम मात्रै पाइनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साताको शनिबार प्रशस्त खर्च हुन सक्छ । स्वयंको खर्चले मित्रको सम्मान गर्नुपर्ला । असल काम गर्ने मनसाय हुँदाहुँदै पनि त्यसलाई कार्य रूपमा परिणत गर्न सक्नु हुने छैन । गणेशको नित्य दर्शन गर्नुहोस् र पीपलमा जल पनि हालिरहनुहोस् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो साता व्यवसायको निमित्त यात्रा होलाजस्तो छ । विवाहसम्बन्धी कुरा भने भाँडिन पनि सक्छ । त्यसलाई समाधान गर्न देवीको आराधना गर्नुहोस्् । प्राविधिक खाले बुद्धि भने हाल न्यून देखिन्छ । जागिरका बारेमा राम्रो समाचार सुनिने स्थिति छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो साता सम्मान र प्रतिष्ठामा आँच पु¥याउन खोज्ने धेरै छन् तर मङ्गलको स्थिति राम्रो हुनाले सफल हुने छाँट छैन । जागिरका बारेमा राम्रो खबर आउन सक्छन् । नेतृत्व शक्ति विकसित नै भएर आएको छ । व्यावसायिक कामबाट गतिलो लाभ लिन सक्नु होला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सातालाई नराम्रो भन्न सकिन्न । बढेको खर्चमा अलिकति भए पनि नियन्त्रण हुन जाला । मित्रबाट पाइने सहयोगमा कुनै कमी देखिन्न । नयाँ खालका मित्र थपिन पनि सक्छन् । प्राविधिक खाले कामबाट गतिलो लाभ होला । शिक्षाको क्षेत्रमा नराम्रो छैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यम खालको साता छ । मङ्गलबारसम्म त्यति राम्रो छैन । स्वास्थ्यमा बाधा आउने र अनेकौँ झन्झट पर्ने देखिन्छ । बुधबारदेखि मात्र शुभसङ्केत देखिने छन् । मित्रको सहयोगले पनि गतिलो काम गर्नेछ।

प्रकाशित : शनिबार, चैत २५, २०७९१०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०७९ सालको अन्तिम हप्ता यी ४ राशिका जीवनमा आउनेछ गडबडी, आउनेछन् बाधा र अनेकौँ झन्झट