वैदिक ज्योतिष शस्त्रमा सूर्य र बृहस्पति ग्रहको महत्त्वपूर्ण स्थान रहेको छ। ग्रहको गुण अनुसार सूर्य गृहलाई आत्मा भनिन्छ र बृहस्पति ग्रहलाई देवताहरूको गुरु मानिन्छ। सूर्य अप्रिल १४ तारिखसम्म सूर्य मीन राशिमा रहनेछ। यी दुई ठूला ग्रहको संयोगले सबै राशिमा देखिनेछ। यी दुई प्रमुख ग्रहहरू अहिले मीन राशिमा विराजमान छन्। सूर्य-बृहस्पतिको यो महासंयोगबाट केही राशिलाई लाभ हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि?
मिथुन राशि
मिथुन राशिका व्यक्तिलाई सूर्य-बृहस्पतिको संयोगले धेरै फाइदा दिनेछ। यस समयमा आफ्ना विरोधीहरू भन्दा बलियो स्थितिमा हुनुहुनेछ। नोकरी गर्नेहरूका लागि यो अवधिमा सम्मान बढ्नेछ। आर्थिक अवस्था पनि बढ्नेछ र यदि तपाई कुनै पुरानो रोगबाट ग्रसित हुनुहुन्छ भने त्यो पनि यस अवधिमा समाप्त हुनेछ। यी लाभका अलावा विवाहित मिथुन राशिका लागि समय सुखद रहनेछ।
कर्कट राशि
सूर्य-बृहस्पतिको यस संयोग कर्कट राशिका लागि लाभदायक हुनेछ। यस अवधिमा तनाव हट्नेछ किनकि पारिवारिक सम्बन्धमा सुधार हुनेछ। कर्कट राशिका व्यक्तिहरूले नयाँ कामको अवसर खोज्नेलाई लाभदायी परिणामहरू प्राप्त हुनेछ। कर्कट राशि भएका व्यक्तिहरूले पनि आफ्नो काममा उल्लेखनीय परिणाम प्राप्त गर्नेछन्। यस अवधिमा आत्मविश्वास बढ्नेछ र साथ-साथै वैवाहिक जीवन पनि राम्रो हुनेछ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि यो समय निकै अनुकूल रहनेछ। यस अवधिमा भाग्यले साथ दिनेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ र काममा पनि लाभ मिल्नेछ। यसका साथै वृश्चिक राशिका व्यवसायीहरू यस अवधिमा सुनौलो चरणबाट गुज्रनेछन्।
मीन राशि
मीन राशिलाई यस असमयमा सूर्य-बृहस्पतिको संयोजनबाट लाभ प्राप्त गर्नेछ। यस अवधिमा साहस र पराक्रम बढ्नेछ। सहकर्मीहरूले तपाईँलाई सहयोग गर्नेछन् र आफ्नो कार्य क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। मीन राशिका व्यक्तिहरूले आफ्नो मेहनतको राम्रो फल प्राप्त गर्नेछन्। आर्थिक मामिलामा राम्रो नतिजा प्राप्त हुनेछ, आर्थिक स्थिति बलियो बन्नेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित मीन राशिका व्यक्तिहरूलाई पनि यस अवधिमा विशेष फल मिल्नेछ।