करण-बिपाशा बसुले सार्वजनिक गरे छोरीको तस्बिर, सामाजिक सञ्जालमा भाइरल हुँदै !

एजेन्सी- पछिल्लो समयमा बलिउड अभिनेत्री बिपाशा बसु र अभिनेता करण सिंह ग्रोवर कुनै फिल्ममा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै चर्चामा हुने गर्दछन्। अहिले अभिनेता कारण र अभिनेत्री बिपाशाले आफ्ना फ्यानहरूलाई यस्तो उपहार दिएका छन् जसको लागि उनीहरूको फ्यानहरू लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए।

बिपाशा- करणले आफ्नी प्यारी छोरी देवी बासु सिंह ग्रोवरको अनुहार फ्यानहरूलाई देखाउँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन्। तस्बिरमा देवी निकै क्यूट देखिएकी छिन् र फ्यान र सेलिब्रेटीले उनको तस्बिरमा माया देखाइरहेका छन्।

करण सिंह ग्रोवर र बिपाशा बसुले इन्स्टाग्राम पोस्टमा छोरी देवीको तस्बिर सार्वजनिक गरेका छन्। यस पोस्टमा देवीका दुई तस्बिर छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन्। पिंक पहिरनमा देवीले क्युट हेयर:-ब्यान्ड लगाएकी छिन्। पोस्टको साथमा क्याप्सनमा लेखिएको छ, ‘हेलो संसार, म देवी हुँ।’ यससँगै मुटुको इमोजी बनाएकी छिन्।

नोभेम्बर १२ मा बिपाशा-करणको घरमा छोरीको जन्म भएको थियो। छोरीको जन्म भएको पोस्टसँगै दम्पतीले छोरीको नाम पनि खुलाएका थिए तर त्यसयता तस्बिर र भिडियोमा उनको अनुहार देखिएको थिएन। तर हिजो अभिनेत्रीले बिपशाले छोरी देवीको मुहार सार्वजनिक गरेकी छिन्। अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा विभिन्न कलाकार तथा अभिनेत्रीका फ्यानले लाइक-कमेन्टको वर्षात भएको छ।

प्रकाशित : बिहिबार, चैत २३, २०७९११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बक्स अफिसमा बलिउड फिल्मले किन राम्रो कमाइ गर्न सक्दैन ? सलमानले खोले कारण