चैत्र २३ गते बिहिबार शुक्रको महापरिवर्तन : ४ राशिमाथि पर्नेछ अनुकूल प्रभाव, रातारात चम्किनेछ भाग्य

काठमाडौँ : – कला र रोमान्सको स्वामी शुक्रले चैत्र २३ गते बिहिबार महापरिवर्तन गर्दैछ। शुक्रले हाम्रो जीवनमा धन, समृद्धि, आनन्द, खुशी, धनको आनन्द, आकर्षण, सौन्दर्य, युवावस्था, प्रेम सम्बन्ध, प्रेम इच्छा र प्रेम सन्तुष्टिलाई प्रतिनिधित्व गर्दछ। शुक्र स्वराशि वृष र तुलामा हुँदा अनुकूल फल प्रदान गर्दछ। शुक्रको वृष राशिमा गोचरले ४ राशिलाई शुभ प्रभाव पार्नेछ र उनीहरुलाई धनलाभ हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आर्थिक लाभको दृष्टिले यो समय निकै राम्रो छ। वृष राशिमा शुक्रको गोचरले मेष राशिका व्यक्तिहरूलाई करियरमा प्रगति गराउन सक्छ। नयाँ रोजगारीको अवसरले खुशी दिन सक्छ। यात्रासँग सम्बन्धित काम आउन सक्छ। आर्थिक पक्षबाट हेर्दा धन बचत हुनसक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शुक्रको गोचर मनोकांक्षा पूरा गर्न र खुशीको दृष्टिले अनुकूल रहनेछ। नयाँ घर तथा जग्गा खरिद गर्ने अवसर मिल्नेछ। परिवारमा विवाह आदि शुभ अवसरमा आनन्द मिल्नेछ। शुक्रले धेरै धन लाभ दिन सक्छ। करियरको क्षेत्रमा यो गोचर अनुकूल रहनेछ। नयाँ अवसरहरू आउनेछन् र व्यवसायीहरूले उच्च लाभ र सफलता प्राप्त गर्न सक्नेछन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

स्थान परिवर्तन हुन सक्छ र दाजुभाइ तथा दिदीबहिनीको राम्रो सहयोग मिल्न सक्छ। पदोन्नति, तलबवृद्धि अन्य लाभहरूसँगै पेशामा रोमाञ्चक वृद्धिको योग देखिन्छ। व्यापार तथा व्यवसाय गर्ने व्यक्तिहरूले राम्रो मुनाफा कमाउन सक्नेछन्। राम्रो धन लाभ हुने र करियरमा पदोन्नतिको अवसर आउन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

रोजगारीका आशाजनक अवसरहरू र भाग्य तपाईकै पक्षमा हुन् सक्छ। यस स्थितिले सुख सुविधामा वृद्धि गर्न सक्छ। कुम्भ राशिका व्यक्तिहरूले आफ्नो जीवनसाथीसँगको सम्बन्धमा सद्भाव कायम राख्न र प्रेमको भावना बढाउन सफल हुनेछ।

प्रकाशित : बुधबार, चैत २२, २०७९१९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३०० वर्षपछि बन्दैछ शक्तिशाली नवपञ्चम राजयोग : यी ३ राशिको रातारात चम्किनेछ भाग्य, अथाह धनलाभले बनाउँछ मालामाल