गुरु चण्डाल योग र ग्रहण योगले बिग्रिनेछ अप्रिल महिना : यी ३ राशि रहनुस् सजग, हुनेछ ठूलो हानि

काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहहरुका गोचरले हाम्रो जीवनमा राम्रो या नराम्रो प्रभाव पार्छ। कहिलेकाहीँ एकै राशिमा दुई ग्रहको मिलन हुन्छ। यसबाट केही योग बन्छन्। उक्त योग शुभ र अशुभ दुवै हुन् सक्छन्। अप्रिल महिनामा दुई विनाशकारी योग बन्दैछन्। २१ अप्रिलमा बुध र २२ अप्रिलमा गुरुदेव बृहस्पति मेष राशिमा गोचर गर्दैछ। यहाँ राहु पहिलेदेखि नै विराजमान छ। यस्तो अवस्थामा यी सबैको मिलनबाट गुरु चण्डाल योग बन्नेछ। यसलाई निकै खतरनाक योग मानिन्छ।

अर्कोतिर अप्रिल महिनामा नै ग्रहको राजा सूर्य पनि मेष राशिमा प्रवेश गर्दैछ। सूर्यले राहुसँग मिलन गरी ग्रहण योग बनाउँदैछ। यो योगलाई निकै खतरनाक पनि मानिन्छ। त्यसैले गुरु चण्डाल योग र ग्रहण आपसमा मिलेर तीन खास राशिका जीवनमा उथलपुथल ल्याउन सक्छ। यस्तो अवस्थामा यी राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्ने हुन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

गुरु चण्डाल र ग्रहण योगको सिंह राशिका जातकमा नराम्रो प्रभाव देखिनेछ। उनीहरुका लागि अप्रिल महिना दुःख र समस्याले भरिपूर्ण रहनेछ। यो महिनामा तपाईको खर्च धेरै हुनेछ। श्रीमान-श्रीमती बीच मनमुटाव हुन सक्छ। तपाईको मन कसैले दुखाउन सक्छ।स्वास्थ्यमा पनि समस्या आउन सक्छ। बाहिरका खानेकुरा र पेय पदार्थबाट टाढा रहनुपर्छ। बोलीमा नियन्त्रण राख्नुहोस् अन्यथा सम्बन्ध बिग्रन सक्छ। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस् र लगानी गर्नुहोस्। काम र व्यापारमा क्रोधलाई नियन्त्रण गर्नुहोस्, अन्यथा घाटा हुन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि गुरु चण्डाल र ग्रहण योग निकै खतरनाक साबित हुनेछ। सबैभन्दा पहिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्। दोस्रो, लामो यात्रा तय नगरेकै राम्रो हुनेछ। यदि यात्रा गर्न आवश्यक नै छ भने भगवानको पूजा-अर्चना र आशिर्वाद लिएर जानुहोस्। यदि तपाई विवाह गर्ने विचार गर्दै हुनुहुन्छ भने यो महिना विवाहको मामिलामा अन्तिम निर्णय नदिनुहोस्। अन्यथा वैवाहिक जीवनमा अवरोध आउन सक्छ। भाग्यले साथ दिनेछैन। शत्रुबाट सावधान रहनुहोस्, उसले तपाईलाई हानि पुर्‍याउन सक्छ। कसैलाई पैसा सापटी नदिनुहोस्, तपाईको पैसा फिर्ता हुने सम्भावना एकदमै न्यून हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशि हुनेहरुका लागि अप्रिल महिना मिश्रित फलदायी रहनेछ। केही सिमित लाभहरु हासिल गर्नुहुनेछ। तर धेरै क्षतिको सम्भावना छ। आफ्नो प्रियजनहरुसँग झगडा नगर्नुहोस्। आम्दानीभन्दा बढी खर्च नगर्नुहोस्। नोकरीमा मन लगाएर काम गर्नुहोस्। अन्यथा बोस तपाईसँग रिसाउन सक्छन्। व्यापारमा ठूलो लगानी नगर्नुहोस्। स्वास्थ्य गडबड हुन सक्छ। समाजमा इज्जत कम हुन सक्छ। तपाईको साथीले तपाईलाई धोका दिन सक्छन्। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। ठुलो धन हानि हुन सक्छ ।

प्रकाशित : मङ्गलबार, चैत २१, २०७९१०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘गजलक्ष्मी राजयोग’ ले यो वर्ष चम्काउनेछ ३ राशिको भाग्य, आय एवं धनलाभमा हुनेछ वृद्धि