चैत्र २१ गतेको राशिफल : यी ७ राशिका भाग्यको तारा रहनेछ मजबूत, व्यवसायबाट हुनेछ मनग्यै लाभ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत २१ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन: – मंगलबार चैत २१ गते ।।  नक्षत्र : – पूर्वफाल्गुनी ०९:५१ बजेसम्म, त्यस उप्रान्त उत्तरफाल्गुनी ।। तिथि : – त्रयोदशी ०८:१० बजेसम्म, त्यस उप्रान्त चतुर्दशी ।। करण : – तैतिल ०८:१०बजेसम्म, त्यस उप्रान्त गर २०:५१बजेसम्म ।। योग : – वृद्धि ०४:०४ बजेसम्म, त्यस उप्रान्त ध्रुव ।। ०४ अप्रिल, २०२३ ।। त्रयोदशी, चैत्र शुक्लपक्ष ।। चैत २१ गते मंगलबार ।। चौलाथ्व, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ०५:५४ ।। सूर्यास्त(sunset) : – १८:२२ ।। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अज्ञात भयले सताउन सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। आमाको सहयोग मिल्नेछ। साथीभाइको सहयोगले व्यापारमा लाभको अवसर मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। साथीभाइबाट कपडा उपहार स्वरूप प्राप्त हुन सक्छ। कामको दायरा बढ्न सक्छ। आमाबाट धन प्राप्त हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आत्मविश्वास भरिपूर्ण हुनुहुनेछ। बोलीमा मिठास रहनेछ। कार्यस्थलमा कठिनाइ आउन सक्छ। मेहनत पनि बढी हुनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् खर्चको मात्रा बढ्नेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वासमा बृद्धि हुनेछ। मन प्रसन्न रहनेछ, तर कुराकानीमा सन्तुलित रहनुहोस्। जागिरमा परिवर्तनको सम्भावना छ। प्रगति पनि हुनसक्छ । आम्दानी बढ्नेछ। नयाँ व्यापार सुरु गर्न सकिनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वासले भरिपूर्ण हुनुनेछ तर धैर्यतामा कमी आउन सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। वैदेशिक यात्रामा जान सकिनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा उतारचढाव रहनेछ। आम्दानीमा कमी र खर्च बढी हुनसक्छ। कार्यस्थलमा अनावश्यक बहस नगर्नुहोस्। लामो समयदेखि रोकिएका काम पूरा हुने सम्भावना छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। साथीभाइको सहयोग पनि मिल्नेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । कममा थप दौडधुप हुनेछ। यात्राको सम्भावना छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन प्रसन्न रहनेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। अत्याधिक खर्च हुनसक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। तर अति उत्साही हुनबाट जोगिनुहोस्। आमाको सहयोग मिल्नेछ। काममा कामको बोझ बढ्न सक्छ। आम्दानी पनि बढ्नेछ । सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन खिन्न रहनेछ। क्रोधबाट टाढा रहनुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। कममा जीवन साथीको सहयोग मिल्नेछ। बौद्धिक काम आम्दानी बढाउने माध्यम बन्न सक्छ। कार्य क्षेत्रमा प्रगति हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास धेरै हुनेछ, तर संयम रहनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। नोकरीमा उच्च अधिकारीको सहयोग रहनेछ तर कार्यक्षेत्रमा परिवर्तन हुनसक्छ । दाजुभाइको सहयोग रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। मान सम्मान मिल्नेछ। बाबुको सहयोग मिल्नेछ । व्यापारको लागि विदेश यात्रा लाभदायक हुनेछ। प्रगतिको बाटो खुल्नेछ।

प्रकाशित : सोमबार, चैत २०, २०७९१९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत २२ गतेको राशिफल : बुधबार खुल्नेछ यी ४ राशिका भाग्यको ताला, नतमस्तक हुनेछन् शत्रु