चैत्र १९ गतेको राशिफल : पाथिभरा माताको आशिर्वादले १२ राशिका दिन शुभ-अशुभ कस्तो रहला ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मनको एकाग्रता कम रहनाले मनदेखि नै दुखी रहनुहुनेछ। शारीरिक रूपले निराशा अनुभव गर्नुहुनेछ। पैसाको लगानी गर्नको लागि सम्हालेर चल्नुहोला। आवश्यक पत्रमा अधिक ध्यान नदिनुहोला। मध्यान्नपछि कार्यको प्रारम्भमा सरलता रहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

व्यवहारिक कार्य सम्हाल्नको लागि दिन शुभ रहेको छ। वृद्द र मित्रसँग भेट हुनेछ। नयाँ मित्र बन्नेछ। सन्तानको प्रगतिले मन प्रफुल्लित रहनेछ। मध्यान्नपछि शारीरिक एवम् मानसिक स्वस्थतामा समस्या आउनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। स्वभावमा उदासीनता छाईरहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

व्यापारी-वर्गको लागि शुभ दिन रहेको छ। व्यापारीको व्यापार वृद्धि हुनुको साथसाथै सफलता प्राप्त  हुनेछ। पिता तथा ठुलाबडाबाट लाभ हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन धर्मकर्म प्रति रहनेछ। कुनै तीर्थ स्थानमा जाने  प्रसंग बन्नेछ। शारीरिक र मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। भाग्यवृद्धिको  अवसर मिल्नेछ। परिवारमा भाई-बहिनीसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन थोरै परिकूलतामय रहनेछ। स्वास्थ्यको सम्बन्धमा  तपाईको विशेष ध्यान राख्नुहुनेछ। बाहिरको खानपिनबाट बच्नुहोला।  नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। पारिवारिक सदस्यसँग सावधानीपूर्वक रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दिन अनुकूलताले परिपूर्ण रहनेछ। तपाईको जीवनसाथीसँग निकटताको क्षण आनन्दमय रहनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। विपरीत लिंगीय व्यक्तितर्फ आकर्षण अनुभव गर्नुहुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा मान- प्रतिष्ठा वृद्धि हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। सुखदायक घटना घट्नेछ। कार्यमा प्रसिद्दी र सफलता मिल्नेछ। आवश्यक काममा खर्च हुनेछ। माईति पक्षबाट  समाचार आउनेछ। आर्थिक लाभको सम्भावना रहेको छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

सन्तानको समस्याले चिन्तित रहनुहुनेछ। मानहानि हुने सम्भावना रहेको छ। शेयरमा लगानी नगर्नुहोला। विधार्थीले पढाईमा सफलता पाउनेछन्। आर्थिक आयोजन सफलतापूर्वक पूरा गर्नुहुनेछ  ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तन-मनमा उर्जाको अभाव रहनेछ। मनमा चिन्ताको भार रहनेछ।  पारिवारिक वातावरण कलुषित रहनेछ। आमासँग मनमुटाव हुनेछ। अथवा आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। सार्वजनिक रूपमा स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

दैनिक कार्यमा अनुकुल परिस्थिति निर्मित हुँदा राहत महसूस गर्नुहुनेछ। गृहस्थजीवनको समस्याको हाल मिल्नेछ। सम्पत्ति सम्बन्धि  कामकाजको हाल मिल्नेछ। व्यापार- धन्दामा आर्थिक लाभ मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

बोलीमा ध्यान राख्नुहोला। वाद-विवादमा नउत्रिनुहोला। अनावश्यक खर्च नगर्नुहोला। कार्यमा कम सफलता मिल्नेछ। सन्तोषको भावनाको अनुभव हुनेछ।  स्वास्थ्य खराब हुनेछ। विधार्थीको विद्याप्राप्तिमा बाधा आउनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

दिन आनन्द र उत्साहमा बित्नेछ। घरमा कुनै मांगलिक प्रसंगको आयोजन हुनेछ। नयाँ कार्य आरम्भ  गर्नको लागी शुभ दिन रहेको छ। आफन्त र मित्रसँग भेट हुनेछ।  बाहिर भोजन गर्न वा घुम्न जाने प्रसंग आउनेछ। तन-मनबाट प्रफुल्लित  रहनुहुनेछ।

प्रकाशित : शनिबार, चैत १८, २०७९२१:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत २० गतेको राशिफल : सोमबार महादेवको कृपाले यी राशिलाई हुनेछ ठूलो मुनाफा, जान्नुहोस् आफ्नो राशिको हाल