चैत २४ गतेसम्मको राशिफल : यो हप्ता ४ राशिले पाउनेछन् शुभ सन्देश, छ अप्रत्याशित धनवृद्धिको योग

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (चैत १८ देखि २४ गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – १८ गते स्मार्तको कामदा एकादशी व्रत । १९ गते वैष्णवको कामदा एकादशी व्रत । २० गते सोम प्रदोष व्रत । २१ गते महावीर जयन्ती । २२ गते पूर्णिमा व्रत । २३ गते हनुमान जयन्ती, मन्वादि, (ल्हुति पुन्ही), वैशाख स्नान सुरु ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको सुरुको दिन स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । आइतबारदेखि राम्रो छ । काम गर्न जाँगर लाग्ला भने गरेका काम बन्ने पनि छन् । पढाइमा राम्रो सुधार आउला । विशेषगरी प्राविधिक खाले काममा लाभ गर्नुहुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आय र व्यय बराबरै खालको साता छ । आउनुपर्ने ठाउँबाट पूरा रकम आउने छैन । बाधा दिने धेरै हुनेछन् । पढाइको क्षेत्रमा समेत न्यूनता आउन सक्छ । हाललाई परिवार सुखसमेत त्यति राम्रो देखिन्न । देवीको दर्शन गरिरहनुहोस् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको सोमबारसम्म राम्रो छ । गरेको काम बन्नुका साथै नयाँ कामसमेत हातमा पर्न सक्छ । मङ्गलबारदेखि भने स्वास्थ्यसम्बन्धी समस्या पर्ला । हातले समातेको व्यवसायमा गतिलो लाभ हुनेछ । परिवारबाट पाउनुपर्ने सहयोगमा कत्ति पनि कमी देखिँदैन।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साताका अधिकांश दिन तपाईंका लागि राम्रा खालका देखिन्छन् । शनिबार साथीसँग भेटघाट हुने र रमाइलो बढी गरिनेछ तर ती मित्रबाट खास उपलब्धि भने हुने देखिँदैन । साताको पछिल्लो दिन शुक्रबार मात्र स्वास्थ्यका लागि बाधा कारक छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साताको सुरुको दिन बढी खर्च होला । बेकारको काममा पनि खर्च गर्नु पर्नाले मनमा खिन्नता हुनेछ । आइतबारदेखिका बाँकी दिन मध्यम खालका छन् । सम्मान र प्रतिष्ठा बढ्ने बेला छैन । पछाडि बसेर छिर्के दाउ लगाउने धेरै छन् । सूर्यको दर्शन नित्य गरिरहनुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातालाई राम्रो रूपमा लिन सक्नुहुनेछ । पूर्वाद्र्ध विशेष महìवपूर्ण छ । यात्रा हुने सम्भावना देखिन्छ र त्यो यात्राबाट केही उपलब्धि पनि पाउनुहुनेछ । व्यापार व्यवसायमा हानि छैन । पढाइको स्तर भने पहिलेको भन्दा खस्केर आएको छ । बगलामुखीको दर्शन गरिरहनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सातामा सानो सानो कुरामा पनि कठिनाइ पर्नाले मन खिन्न हुनेछ । पछाडि बसेर बाधा दिने धेरै छन् । तिनीहरूलाई निर्मूल गर्न गणेशको आराधना आवश्यक छ । प्राविधिक क्षेत्रमा समेत केही कठिनाइ आउला । पारिवारिक सुख मध्यम छ । स्वास्थ्यका बारेमा सतर्क हुनुहोस् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साताको बिहीबारसम्म राम्रो छ । असल काम गर्न मनको प्रवृत्ति जाला भने गरेका काम बन्ने पनि छन् । आर्थिक स्थिति नराम्रो छैन । मङ्गल खराब भएकाले सानोतिनो चोटपटक लाग्न सक्छ । विशेषगरी मङ्गलबार सतर्क हुनुहोस् र गणेशको दर्शन गर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यक्तित्वमा आघात पार्न खोज्नेहरू धेरै छन् । साताको सुरुकै दिनमा नराम्रो समाचार सुनिएला । आइतबारदेखि भने राम्रा लक्षण सुरु हुनेछन् । यो सातामा धार्मिक एवं कल्याणकारी कामसमेत हुन सक्छ । बौद्धिक स्थिति सप्रँदै आउला । व्यापारतिर मध्यम छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

साताको आइतबार र सोमबार केही समस्या पर्न सक्छन् तर आफ्नै प्रतिभा र बलबुताले ती समस्यालाई समाधान गर्न सक्नुहुनेछ । साहस कत्ति पनि घटेको छैन । व्यावसायिक कामले आर्थिक गर्जो टार्न मद्दत देला । पढाइ र लेखाइमा राम्रो प्रगति होला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मध्यम खालको साता छ । शनिबार सानो कुरामा पनि विवाद हुनसक्छ । त्यस्तै सप्ताहान्त त्यति राम्रो देखिन्न । बुधबारको दिन भने अति राम्रो छ । हातले समातेको व्यवसायले राम्रै लाभ देला । बौद्धिक स्तर सप्रिँदै आएको छ र समाजमा प्रतिष्ठा बढ्नेसमेत देखिन्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साता निकै राम्रो खालको छ । पहिलेदेखि बाँकी रहेका काम बन्दै जानेछन् । असल मित्र भेट्टाउनु हुनेछ । व्यापार व्यवसायमा समेत गतिलो लाभ हुनेछ । शुक्रबारको दिन भने त्यति राम्रो देखिँदैन । स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्ने हुनाले बिहानै शिवजीको दर्शन गर्नुहोस् ।

प्रकाशित : शनिबार, चैत १८, २०७९१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : मङ्गल खराब भएकाले यी राशिले ब्होर्नेछन् हानि, साताको सुरुमै सुनिएला नराम्रो समाचार