वर्षौँपछि ग्रहचक्रमा गुरु-सूर्यको युति : यी राशिलाई पर्नेछ शुभ प्रभाव, हुनेछन् लाभान्वित

वैदिक ज्योतिष शास्त्रका अनुसार सबै ग्रह र नक्षत्रहरू राशिमा निश्चित समयको लागि गोचर गर्छन्। जसलाई यी ग्रहहरूको राशि परिवर्तन भनिन्छ। ग्रहको राशि परिवर्तनले सबैलाई असर गर्ने मान्यता रहेको छ। जसका कारण जीवनमा सकारात्मक र नकारात्मक दुबै प्रभाव देखिनेछ। त्यसैगरी ग्रहहरूका देवता सूर्यले पनि यही अप्रिल १४ तारिख मेष राशिमा गोचर गर्नेछन् भने देवगुरु बृहस्पतिले पनि यही राशिमा यही अप्रिल २२ तारिखमा गोचर गर्दैछन्। यस्तो अवस्थामा सूर्य र बृहस्पतिको संयोगले केही राशिको जीवनमा शुभ प्रभाव देखिने भएको छ। जान्नुहोस् यो अवधिमा कुन राशिलाई शुभ फल मिल्नेछ।

मेष राशि

मेष राशिमा सूर्य गुरुको गोचर मेष राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ। यस अवधिमा व्यापारमा लाभ प्राप्त गर्नुहुनेछ। यसका साथ-साथै इज्जत पनि बढ्नेछ। घरपरिवारको पूर्ण सहयोग मिल्नेछ। जागिर खानेहरुको आम्दानीमा वृद्धि हुनसक्छ। साथै यस समयमा नयाँ रोजगारीका अवसरहरू पनि उपलब्ध हुनेछ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई सूर्य र बृहस्पतिको मिलनबाट विशेष र शुभ फल मिल्नेछ। यस समयमा आम्दानी बढ्नेछ, यदि नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने समय अनुकूल छ, यस समयमा नयाँ कामको अवसर पनि प्राप्त गर्नुहुनेछ, सूर्य-गुरुको संयोगले करियर नयाँ आयाम आउनेछ । मिथुन राशिका व्यक्तिलाई शिक्षामा अपार सफलता मिल्नुका साथै अपार धन सम्पत्ति प्राप्त हुनेछ।

तुला राशि

२२ अप्रिल सूर्य-बृहस्पतिको संयोगले तुला राशिका व्यक्तिहरूलाई पनि शुभ फल मिल्नेछ, तुला राशिका व्यक्तिहरूको लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। व्यापार व्यवसायमा धन लाभको धेरै शुभ संयोग रहेको छ। व्यवसायमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो समय उत्तम रहनेछ ।

प्रकाशित : शुक्रबार, चैत १७, २०७९२१:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही दिनमा लाग्दैछ चन्द्रग्रहण, यी राशिलाई धन हानि साथै स्वास्थ्यमा समस्या देखिने