आज रामनवमी यी राशिमा हुनेछ श्री रामको कृपा दृष्टि, कुन-कुन ती राशि ?

आज चैत्र नवरात्री व्रतका साथ भगवान श्रीरामको जन्म जयन्ती मनाइँदै छ। यस वर्ष रामनवमीको दिन धेरै विशेष छ, किन भने यस दिन धेरै अद्भुत योगहरू बनाएको छ।  आज बन्ने दुर्लभ संयोगले रामनवमीको दिन धेरै राशिका लागि विशेष हुने छ। यी राशिका व्यक्तिहरूलाई व्यापार, नोकरी, धनमा लाभ मिल्नेछ। आज रामनवमीको दिन कुन-कुन राशिलाई विशेष हुन्छ, जान्नुहोस्…

मेष राशि 

मेष राशिका लागि रामनवमीको दिन निकै विशेष रहने छ। किनभने यस राशिमा राहु र शुक्रको संयोग हुनेछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिले आर्थिक लाभका साथै व्यापार व्यवसायमा अपार सफलता प्राप्त गर्ने छन्। श्रीरामको कृपाले हरेक क्षेत्रमा सफलता मिल्नेछ।

वृष राशि 

वृष राशिका लागि चैत्र रामनवमीको दिन निकै विशेष रहनेछ। भगवान श्रीरामको कृपाले रोकिएका कामहरू पुरा हुनेछन्। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। यस्तो अवस्थामा आर्थिक अवस्था मजबुत हुन सक्छ।

सिंह राशि

सिंह राशिका लागि आजको दिन निकै विशेष रहनेछ। परिवारसँग राम्रो समय बित्नेछ। परिवारसँग धार्मिक स्थल घुम्ने योजना बन्न सक्छ। लामो समय देखि रोकिएको काम पुरा हुनेछ। सामाजिक कार्यमा सहभागी भइने छ।

तुला राशि

तुला राशिका लागि जाको दिनले जीवनमा खुसी ल्याउने छ। हरेक क्षेत्रमा सफलता मिल्नुका साथै यस दिन गरेको लगानी लाभदायी साबित हुनेछ। पारिवारिक समस्या समाधान हुनेछ।

प्रकाशित : बिहिबार, चैत १६, २०७९१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सि शनिबार परेको छ ‘कामदा एकादशी’, जान्नुहोस् पूजा मुहूर्त