यहीँ शनिबार बन्दैछ ‘गजलक्ष्मी योग’, ५ राशिको जीवनमा हुने छैन कुनै अभाव

वैदिक ज्योतिषमा बृहस्पति ग्रहलाई सुख-सम्पत्ति, कर्म र ज्ञान आदिको कारक मानिएको छ। ग्रहका गुरु निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। बृहस्पति राशि परिवर्तनलाई ज्योतिष शास्त्रमा महत्त्वपूर्ण घटना मानिन्छ। बैशाख ९ गते(२२ अप्रिल) शनिबार बृहस्पतिले आफ्नो राशिमा मीन छोडेर, मेष राशिमा प्रवेश गर्नेछ। बृहस्पतिको राशि परिवर्तनसँग ‘गजलक्ष्मी योग’ बन्नेछ। बृहस्पतिको गोचर केही राशिका व्यक्तिहरूका लागि निकै लाभदायक साबित हुनेछ। बृहस्पति गोचरले कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस्-

मिथुन राशि

मिथुन राशिका लागि गुरु गोचर निकै शुभ रहनेछ। यस अवधिमा भाग्यशाली साबित हुनुहुनेछ। भाग्यले केही काम बन्नेछ। आम्दानीमा वृद्धिसँगै पदोन्नति पनि मिल्नेछ। लगानीबाट लाभ मिल्नेछ। व्यवसायीहरुका लागि यो समय अनुकुल रहेको छ।

कर्कट राशि

बृहस्पति परिवर्तनले कर्कट राशिका मानिसहरूलाई शुभ प्रभाव पार्नेछ। मान सम्मानमा बृद्धि हुनेछ। हात हालेको काममा सफलता मिल्नेछ। सम्बन्धमा सुधार आउनेछ। व्यवसायीका लागि यो समय लाभदायक साबित हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। तर, खर्चलाई नियन्त्रण गर्न जरुरी छ।

कन्या राशि

बृहस्पति परिवर्तनले कन्या राशिका मानिसहरूमा शुभ प्रभाव पार्नेछ। यस समयमा धर्म कार्यमा रुचि बढ्नेछ। यस समयमा परिवारको सहयोग प्राप्त हुनेछ। हात हालेको काम पुरा हुनेछ। धन लाभको योग रहेको छ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ।

मीन राशि

मीन राशि भएकाहरूलाई बृहस्पतिको गोचरमा रोकिएको धन प्राप्त हुनेछ। नयाँ कामको खोजीमा रहेका मानिसहरूले शुभ समाचार प्राप्त गर्नेछन्। जागिरमा पदोन्नति पनि मिल्न सक्छ। अविवाहितको विवाह तय हुन सक्छ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि समय अनुकूल छ।

प्रकाशित : बिहिबार, चैत १६, २०७९१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व्यवसायमा घाटा वा आर्थिक सङ्कटले सताएको छ ? भोलि बिहीबार गर्नुहोस् यस्ता उपाय