चैत्र १७ गतेदेखि खुल्नेछ यी ३ राशिका भाग्य : बुधदेवले गर्नेछ दुखको नाश, घरमा हुनेछ खुशीको माहोल

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा सबै १२ राशिमा राम्रो वा नराम्रो प्रभाव पार्छ। ग्रहहरुको राजकुमार बुधले चैत्र १७ गते शुक्रबार राशि परिवर्तन गर्दैछ। बुधको यो गोचरले तीन विशेष राशिहरूलाई तगडा लाभ दिनेछ। यसले तपाईको जीवनमा राम्रो समय ल्याउनेछ। तपाईका भाग्यका द्वार खुल्नेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

बुधको गोचरले मेष राशिका व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ। भाग्यले धेरै साथ दिनेछ। तपाईले जुनसुकै काम सुरु गर्दा पनि त्यसमा तपाईले सफलता हासिल गर्नुहुनेछ। आर्थिक लाभ हुनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। नोकरीमा पदोन्नति हुनेछ। व्यापारमा दोब्बर लाभ हुनेछ। अड्डा-अदालतका बाधा-अड्चनहरु हट्नेछन्।

नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। समाजमा तपाईको कामको तारिफ हुनेछ। साथीभाइले सहयोग गर्नेछन्। विवाहको योग बन्न सक्छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। कामको सिलसिलामा बाहिर जानु पर्नेछ। यो यात्राले तपाईलाई आर्थिक लाभ दिनेछ। धर्ममा रुचि बढ्नेछ। शत्रु तपाईको अगाडी घुँडा टेक्न बाध्य हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि बुधको गोचर लाभदायी साबित हुनेछ। मन प्रसन्न रहनेछ। परिवारमा राम्रो वातावरण रहनेछ। सबैसँग राम्रो समय बित्नेछ। घरमा नयाँ पाहुनाको आगमन हुनसक्छ। आर्थिक लाभ दिनेछ। तपाईका शत्रु पनि मित्र बन्नेछन्। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। सबैले तपाईलाई मन पराउन थाल्छन्।

स्वास्थ्यबारे राम्रो समाचार पाउनुहुनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा आउनेछ। घरजग्गा खरिद-बिक्रीको योग बन्न सक्छ। सन्तानबाट ठूलो खुशी मिल्नेछ। धार्मिक यात्रामा जान सकिनेछ। भगवानप्रतिको आस्था बढ्नेछ। कामको सिलसिलामा वैदेशिक यात्रा हुनसक्छ।भाग्यले साथ दिनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – 

बुधको गोचरले कुम्भ राशिका व्यक्तिको जीवनमा धेरै खुशी ल्याउनेछ। तपाईको घरमा अब दुखको बास हुनेछैन्। भाग्यले पूर्ण साथ दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। धर्म र परोपकारमा रुचि बढ्नेछ। भगवानले तपाईको मद्दत गर्नेछ। व्यापारमा ठूलो सम्झौता हुनसक्छ। मानिसहरूले तपाईको कामको प्रशंसा गर्नेछन्।

नयाँ घर किन्ने सम्भावना छ। पुराना साथीभाइसँगको भेटघाट लाभदायक हुनेछ। तपाईको घरमा नयाँ पाहुनाको प्रवेश हुनेछ। तिनको आगमनले घरमा आर्थिक लाभ हुनेछ। तपाईका सन्ततिले तपाईको लागि केही खास गर्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। धन आर्जनका साधन मिल्नेछ। तपाईको जीवनमा प्रेम बढ्नेछ। विवाहको योग बन्नेछ।

प्रकाशित : सोमबार, चैत १३, २०७९१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि रामनवमीमा बन्दैछ ४ दुर्लभ योग, जान्नुहोस् शुभ मुहूर्त-पूजा विधि