देवताका पनि गुरुको कृपाले भाग्य खुल्नेछ यी ३ राशिको: ग्रहचक्रमा बनाउँदै यस्तो शुभ संयोग !

देवगुरु बृहस्पतिलाई ज्ञान र शक्तिको कारकका साथै सबै ग्रह र देवताहरूको गुरुको दर्जा दिइएको छ। बृहस्पति ग्रह धेरै पहिले देखि आफ्नो राशि मीनमा गोचर गरिरहेको छ। अहिले चन्द्रमा पनि मीन राशिमा प्रवेश गरेको छ। चन्द्रमा र बृहस्पति मीन राशिमा बसेका कारण गजकेसरी योग बनिरहेको छ। चैत्र ८ गतेको दिनबाट चन्द्रमा मीन राशिमा प्रवेश गरेको छ र यस राशिमा बृहस्पति-चन्द्रमाको संयोग निर्माण भएको छ। शास्त्रमा गजकेसरी योगलाई निकै लाभदायक मानिएको छ। जान्नुहोस् गजकेशरी योगले कुन राशिका मानिसको भाग्य चम्किनेछ:-

कर्कट राशि

बृहस्पति र चन्द्रमाको मीन राशिमा बनेको गजकेसरी योगले कर्कट राशिको जीवनमा खुशी ल्याउनेछ। यस अवधिमा घर धनले भरिपूर्ण रहनेछ र भाग्यको पूर्ण सहयोग प्राप्त हुनेछ। हात हालेका हरेक काममा सफलता मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूले राम्रो समाचार पाउन सक्छन्। करियरमा उन्नति र व्यापार व्यावसायमा लाभ हुने सम्भावना छ।

धनु राशि

बृहस्पति र चन्द्रमाको संयोगले धनु राशिका लागि गजकेशरी योग बनिरहेको छ। यस अवधिमा आर्थिक लाभका साथै आम्दानीमा वृद्धि हुनसक्छ। करियरमा राम्रो समय साबित हुन सक्छ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ। यस अवधिमा व्यापारी वर्गले ठूलो सम्झौतालाई अन्तिम रूप दिन सक्छन्। आकस्मिक धन लाभ हुनसक्छ।

मीन राशि

मीन राशिका लागि गजकेशरी योग निकै लाभदायक साबित हुनेछ। यस योगले मीन राशिका व्यक्तिहरूले सुख र सुविधा प्राप्त गर्नेछन्। धन आर्जन बढ्नेछ। व्यापारीलाई फाइदा हुनेछ। काम गर्नेहरूले सुखद परिणाम प्राप्त गर्न सक्छन्। कार्यशैलीमा सुधार आउनेछ। आत्मविश्वास बढ्नेछ। धन लाभ हुनेछ।

प्रकाशित : बिहिबार, चैत ०९, २०७९१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेष राशिमा बुधको गोचर यी राशिलाई हुनेछ निकै शुभ, मार्च ३१ हुनेछ बम्पर लाभ, धन वृद्धि हुनेछ !