ज्योतिषमा देवगुरु बृहस्पतिको विशेष स्थान रहेको छ। देवगुरु बृहस्पतिलाई ज्ञान, गुरु, सन्तान, भाइ, शिक्षा, धार्मिक कार्य, पवित्र स्थान, धन, दान, पुण्य र वृद्धि आदिको कारक मानिन्छ। २७ नक्षत्र मध्ये बृहस्पति पुनर्वासु, विशाखा र पूर्व भाद्रपद नक्षत्रहरूको स्वामी हुन्। देवगुरु बृहस्पति यही चैत १४ गते अस्त हुँदैछ। बृहस्पति ग्रहको अस्ताउँदै गर्दा विवाह लगायत सबै शुभ कार्य रोकिनेछन्। ज्योतिषीय गणना अनुसार बृहस्पति अस्त हुँदा सबै राशिमा प्रभाव पर्नेछ। कतिपय राशिलाई शुभ फल मिल्नेछ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्नेछन्। बृहस्पति ग्रहको अस्ताएको कारण सबै राशिको अवस्था कस्तो रहनेछ जानौं।
मेष राशि
मन अशान्त रहन सक्छ। कपडा आदि तर्फ झुकाव बढ्न सक्छ। जीवन साथीको सहयोग मिल्नेछ। आमाको साहयोग मिल्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ। मिहिनेत बढी हुनेछ।
वृष राशि
मन खिन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। जीवन साथीको सहयोग मिल्नेछ। धार्मिक संगीतमा झुकाव बढ्न सक्छ।
मिथुन राशि
बोलीमा मिठास रहनेछ तर संयमता कायम राख्ने प्रयास गर्नुहोला। काममा उच्च-अधिकारीहरूको सहयोग प्राप्त हुनेछ, तर उनीहरूसँग अनावश्यक बहस नगर्नुहोस्। आम्दानी बढ्नेछ।
कर्कट राशि
आत्मविश्वासको कमी रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। जागिरमा स्थान परिवर्तनको सम्भावना छ।
सिंह राशि
मनमा उतारचढाव रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। आत्मविश्वासको कमी रहनेछ। परिवारको सहयोग मिल्नेछ। काममा परिवर्तनको सम्भावना छ।
कन्या राशि
मन प्रशन्न रहनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। परिवारको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। थप दौडधुप हुनेछ।
तुला राशि
अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। मनमा उतारचढाव रहनेछ। जीवन कष्टदायी हुन सक्छ। काममा उच्च-अधिकारीको सहयोग मिल्नेछ।
वृश्चिक राशि
आत्मविश्वासले भरिपूर्ण रहनेछ तर मन पनि अशान्त रहन सक्छ। परिवारको सहयोग मिल्नेछ। जीवन अव्यवस्थित हुनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। मिहिनेत बढी हुनेछ।
धनु राशि
मनमा उतारचढाव रहनेछ। मन विचलित हुन सक्छ। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। परिवारका साथ धार्मिक स्थलको भ्रमणको कार्यक्रम बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ।
मकर राशि
मन प्रसन्न रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। चिकित्सा खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा सचेत रहनुहोस्। अवरोध आउन सक्छ।
कुम्भ राशि
मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। काममा परिवर्तनको सम्भावना छ। जीवन साथीको स्वास्थ्यको ख्याल गर्नुहोला।
मीन राशि
आत्मविश्वास उच्च रहनेछ, तर अति उत्साही हुनबाट जोगिनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। काममा अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोला। व्यर्थको बहसबाट टाढा रहनुहोस्।