भोलिबाट सुरु हुने नवरात्रिमा यी चमत्कारी उपाय गर्नुहोस्, हट्नेछ हरेक कठिनाइ र हुनेछ जीवन सुखमय !

चैत्र नवरात्रीको पवित्र पर्व चैत्र ८ गतेदेखि सुरु हुँदैछ। यो चैत्र १६ गते सम्म हुनेछ। यी ९ दिनमा माता दुर्गाका ९ रूपको विधिपूर्वक पूजा गरिन्छ। माता दुर्गाको कृपाले सबै मनोकामना पूरा हुन्छ। नवरात्रिमा हामी तपाईंलाई केहि यस्ता ज्योतिषीय उपायहरु बताउनेछौ, जसलाई गर्नाले तपाईंको जीवनका धेरै समस्याहरु हल हुनेछन्। माता दुर्गाको पूजा गर्दा ल्वाङको प्रयोग गरिन्छ। माता दुर्गालाई ल्वाङ पनि चढाइन्छ। नवरात्रिमा ल्वाङसँग सम्बन्धित यी उपाय गर्नाले घरमा सुख-समृद्धि आउँछ। नवरात्रिको समयमा ल्वाङसँग सम्बन्धित यी उपायहरूको बारेमा जानौं।

नवरात्रिमा ९ दिनसम्म शिवलिंगमा ल्वाङ चढाएमा राहु–केतुको अशुभ प्रभाव पर्दैन। घरमा समस्या छ भने पहेँलो कपडामा एक जोडी ल्वाङ बाँधेर घरको कुनै पनि कुनामा झुण्ड्याउनुहोस्। पहेंलो कपडामा ल्वाङ बाँधेर तिजोरीमा राख्नाले आर्थिक स्थिति निकै बलियो बन्नेछ।

अथक परिश्रम गरेर पनि सफलता मिलिरहेको छैन भने नवरात्रिमा हनुमानजीको मूर्तिको अगाडि चमेलीको तेलको दियो बाल्नुहोस् र दियोमा दुईवटा ल्वाङ राख्नुहोस्। यस उपायले रोकिएका सबै काम पूरा हुन्छन्। यदि घरमा आर्थिक अभाव छ भने माता दुर्गाको पूजामा दुईवटा ल्वाङ र गुलाबको फूल चढाउनुहोस्। रातो रङको कपडामा ५ वटा ल्वाङ र ५ वटा कौडा बाँधेर तिजोरीमा राख्नाले माताको आशीर्वाद प्राप्त हुन्छ र घरमा धनको आगमन हुन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०७, २०७९१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि चैत्र नवरात्रिको पहिलो दिन बन्ने यो शुभ संयोग, माता अम्बेले हटाउनेछिन् जीवनका हरेक दुःख !