१०० वर्षपछि बन्दैछ गज्जबको संयोग : बुध-गुरु-सूर्य-चन्द्रको हुँदैछ महासङ्गम, यी राशिले गर्नेछन् मोज

काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहहरुको गोचरले प्राय: सबैलाई प्रभावित पार्छ। कहिलेकाहीँ एउटै ग्रहमा एक भन्दा बढी ग्रह आउँछन्। यसले राजयोगको निर्माण गर्छ। अहिले देवगुरु बृहस्पति मीन राशिमा विराजमान छन्। योसँगै बुध र सूर्य पनि मीन राशिमा प्रवेश गरेका छन्। अब चैत्र ८ गते बुधबार चन्द्रमा पनि मीन राशिमा प्रवेश गर्नेछ। यी चार ग्रहको महासंयोगले गजकेसरी योग, नीचभंग योग, बुधादित्‍य योग र हंस योग बन्नेछ। चार राजयोग मिलेर बनेको संयोग पूरा १०० वर्षपछि हुन लागेको हो। ४ राशिका लागि धेरै फाइदा हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

४ राजयोगका कारण वृष राशिका व्यक्तिहरूलाई धेरै प्रबल लाभ मिल्नेछ। उनीहरुको आर्थिक समस्या जडबाट नै समाप्त हुनेछ। उनीहरुले जुन काममा हात हाल्नेछन्, त्यसमा सफलता हासिल गर्नेछन्। साथीभाइको पूर्ण सहयोग मिल्नेछ। घरमा सुख शान्ति छाउनेछ। घरजग्गाको मामिलामा फैसला तपाईको पक्षमा हुनेछ। श्रीमान्–श्रीमतीको सम्बन्ध मधुर रहनेछ। अविवाहितहरूले विवाहको प्रस्ताव पाउन सक्छन्। सुखद् यात्रामा निस्कनुहुनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। विवाहको योग बन्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरुलाई पनि यी राजयोगको राम्रो लाभ मिल्नेछ। उनीहरुको राम्रो दिन सुरु हुनेछ। भाग्यले साथ दिनेछ। समाजमा उनीहरुको इज्जत बढ्नेछ। व्यापार-व्यावसायमा मनग्य लाभ हुनेछ। नोकरीमा पदोन्नति हुनेछ। मानिसहरूले तपाईको कामको प्रशंसा गर्नेछन्। बेरोजगारले रोजगारको अवसर प्राप्त गर्नेछन्। विद्यार्थीहरूले आफ्नो मेहनतको फल पाउनेछन्।  अड्डा-अदालतको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। सन्तान सुख प्राप्त हुनेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। भगवानप्रतिको आस्था बढ्नेछ। साथीभाइबाट लाभ मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिले पनि यी ४ राजयोगको पूर्ण लाभ लिनेछ। नयाँ घर वा सवारी साधन खरिद गर्ने सम्भावना छ। जीवनमा सुख-शान्तिको आगमन हुनेछ। भाग्यले साथ दिनेछ। शत्रुले तपाई अगाडी घुँडा टेक्नेछन्। धनको सम्बन्धमा ठूलो लाभ हुनेछ। आर्थिक अवस्था मजबुत रहनेछ। धन आर्जनको नयाँ माध्यम मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा ठूलो सुधार हुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि पनि यी राजयोगबाट धेरै लाभ मिल्नेछ। उनीहरुको जीवनका सबै दु:खहरू समाप्त हुनेछन्। जीवनमा सुख शान्ति छाउनेछ। सन्तानबाट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति हुन सक्छ। कामको सिलसिलामा बाहिर जान सकिनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। रोकिएका कामहरु समयमै सम्पन्न हुनेछन्। मानिसहरू तपाईको प्रशंसक बन्नेछन्। समाजमा तपाईको प्रतिष्ठा बढ्नेछ। तपाईको घरमा नयाँ पाहुना आउन सक्छन्। उनीहरुको आगमनबाट धन लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रकाशित : मङ्गलबार, चैत ०७, २०७९१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गजकेशरी योगबाट हुँदैछ नयाँ वर्षको सुरुवात, यी तीन राशिलाई वर्षभर हुनेछ मोज नै मोज !