सुटिङमा सक्कली बन्दुक पडाउँदा कसो गएन अमिताभको ज्यान ?

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्मको सुटिङका क्रममा नक्कलीको ठाउँमा अर्का नायकले सक्कली गोली बन्दुकमा भरेर पड्काउँदा आफ्नो झन्डै ज्यान गएको बताएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

४७ वर्षअघि रिलिज भएको फिल्म सोलेको छायांकन क्रममा यस्तो घटना भएको उनले बताएका छन् । ‘कौन बनेगा करोडपतिको सेटमा अमिताभ बच्चनले एकपटक यो घटनाको उल्लेख गरेका छन् । उनको यो कुरा सुनेर दर्शक छक्क परेका छन् ।

वास्तवमा सोलेको क्लाइमेक्सको सुटिङका क्रममा अमिताभ बच्चनलाई नक्कली नभई असली गोली लागेको थियो । उनको भनाइमा त्यो बन्दुक गब्बर अर्थात् अमजद खान नभई अरू कोहीले चलाएका थिए ।

‘क्लाइमेक्स सुटिङको क्रममा वास्तविक गोली वीरु अर्थात् धर्मेन्द्रले चलाएका थिए । धर्मेन्द्रको हातबाट निस्केको यो वास्तविक गोली मेरो कान छोएर गएको थियो, धन्न ज्यान जोगियो,’ अमिताभ बच्चनले भनेका छन्, ‘जब हामी क्लाइमेक्स दृश्यको सुटिङ गरिरहेका थियौं, धर्मेन्द्र तल उभिरहेका थिए र म पहाडको टुप्पोमा थिएँ ।’

अमिताभले विगत स्मरण गर्दै भने, ‘धरमजीले तुरुन्तै गोलाबारुद र गोली उठाएर आफूसँग राख्नुपर्ने थियो । तर, जब उहाँ गोलीहरू उठाउँदै गर्दा ती गोली तल खस्यो र सक्कली गोलीसँग मिसियो । उहाँले ती गोली टिप्दै बन्दुकमा भरेर पड्काउँदै टेक दिनुभएको थियो । टेक वके नभएपछि उहाँ निकै रिसाउनुभयो ।’

अमिताभ बच्चनले त्यहाँको अवस्था’bout सम्झँदै भने, ‘धर्मेन्द्र यति रिसाउनुभयो कि उहाँले नक्कलीको ठाउँमा सक्कली गोली उठाए र सिधै बन्दुकमा भरेर पड्काउनुभयो । त्यतिबेला म भने उहाँले नक्कली गोली नै हानेको कुराले विश्वस्त थिएँ ।’

अमिताभ बच्चनले फेरि भने, ‘तर उहाँले त वास्तविक गोली पो पड्काउनुभएको रहेछ । गोलीले मेरो कान छोएर रगत निकाल्दै गयो । धन्न म त्यो घटनाबाट जोगिएँ ।’

प्रकाशित : मङ्गलबार, चैत ०७, २०७९०९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रदीप र दीया बने उत्कृष्ट अभिनेता अभिनेत्री !