तामझामबिनै राष्ट्रपति कुमारीघरमा पुगेपछि …

?????????? ????????? ????? ?????? ????????????? ???????? ????? ??? ????????????? ? ??????? ??????? ????? / ????

काठमाडौँ – रिमझिम पानी परिरहेको थियो। तर वसन्तपुर क्षेत्रको भिड घटेको थिएन। भिडमा कोही छाता ओढिरहेका थिए त कोही भिजेरै यात्रा गरिरहेका थिए। यस्तै अवस्थामा तीनवटा गाडी हर्न बजाउँदै भिड छिचोल्दै सुस्त गतिमा अघि बढे। तीमध्ये बीचको गाडीमा सवार थिए, राष्ट्रपति रामचन्द्र पौडेल। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

‘राष्ट्रपति सवारी’मा हुने राजसी तामझाम र प्रशस्त सुरक्षाकर्मी परिचालन गरेर दोहोरो सडक खाली पार्ने अवस्थाका कारण सास्ती भोगिरहेका र त्यस्ता सवारीका सन्दर्भमा चौतर्फी आलोचना सुनिरहेका सर्वसाधारण राष्ट्रपति पौडेलको सरल खालको यात्रा देख्दा चकित भए। सुरुमा त वसन्तपुरको भिडमा रहेकाहरूले ‘राष्ट्रपतिको सवारी हो’ भनेर पत्याएका समेत थिएनन्।

यो घटना शनिबार दिउँसोको हो। राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। यसअघिका राष्ट्रपति र राजामहाराजाले पनि उक्त परम्पराको पालना गर्दै आएका थिए। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेललाई शनिबार बिहान मात्रै कुमारीघरको प्रतिनिधिमण्डलले शीतल निवास पुगेर पूजाको प्रसादसहित बधाई दिएको थियो।

त्यसपछि परम्परालाई निरन्तरता दिन राष्ट्रपति पौडेल कुमारी दर्शन गर्न वसन्तपुरस्थित कुमारीघर पुगेका थिए। आफ्नो यात्रामा सर्वसाधारणलाई सास्ती नदिन र धेरै तामझामसहितको सुरक्षा व्यवस्था नगर्न उनले सुरक्षा संयन्त्रलाई आग्रह गरेका थिए।

‘राष्ट्रपतिज्यूले कुनै कारगेड चाहिँदैन भन्नुभयो। सहज र सरल यात्रा गर्ने भनेपछि एउटा गाडी अगाडि र एउटा पछाडि लगाइयो,’ राष्ट्रपतिका सञ्चार सहयोगी खिला कार्कीले भने, ‘सडक खाली नगरेरै सहज रूपमा कुमारीघर पुगी दर्शन गरेर उहाँ फर्किनुभयो।’ वसन्तपुर पुग्दा पनि गाडी र आसपासका पैदलयात्रीलाई यताउता नगरिएको उनले बताए।

‘आफू राष्ट्रप्रमुख भए पनि लोकतन्त्रमा निर्वाचित जनताका छोरा भएकाले जनताकै स्तरमा रहने उहाँको चाहना छ। त्यसकारण राजारजौटाका लागि प्रयोग हुने सवारी शब्दसमेत आफ्नो यात्रामा प्रयोग नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ,’ कार्कीले भने। कुमारी घरमा सहज यात्रा गरेपछि राष्ट्रपति पौडेलको प्रशंसा भइरहेको छ।

राष्ट्रपति पौडेलका आगामी अधिकांश यात्रा यसैगरी हुने सचिवालयले जनाएको छ। ‘सधैं बाहिर निस्कँदा यसैगरी निस्कनुहुन्छ। सुरक्षामा दुई गाडीभन्दा बढी हुन्नन्। कसैलाई सास्ती हुँदैन,’ कार्कीले भने। राष्ट्रपतिको औपचारिक भ्रमणका लागि भने नेपाली सेनाले केही समस्या खडा गर्न सक्ने उनले बताए। ‘सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला, राष्ट्रिय दिवसमा, घोडेजात्राका अवसरमा भने सेनाले मान्ला जस्तो देखिएको छैन,’ राष्ट्रपतिका सञ्चार सहयोगी कार्कीले भने, ‘तर सरकारबाटै विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सहज पार्न गृहकार्य भइरहेको छ।’

प्रकाशित : आइतबार, चैत ०५, २०७९०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्यो हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह !