चैत नवरात्रीमा १०० वर्ष भन्दा धेरै समयपछि बन्दै यस्तो दुर्लभ संयोग, वर्षा हुनेछ माता लक्ष्मीको कृपा !

धार्मिक मान्यता अनुसार नवरात्रि वर्षमा ४ पटक आउँछ । यसमा पहिलो नवरात्रि चैत्रको नवरात्रि हो। धार्मिक मान्यता अनुसार हिन्दू नयाँ वर्ष चैत्र नवरात्रीको पहिलो दिनबाट सुरु हुन्छ। यस वर्ष चैत्र नवरात्रि चैत्र ८ गते बुधबारदेखि सुरु हुँदैछ, जुन चैत १६ गते बिहीबारसम्म चल्नेछ। यस अवधिमा केही अति शुभ योगहरू बनिरहेका छन्, ११० वर्षपछि बनेको यस्ता शुभ योगहरूको दुर्लभ योग सिर्जना गर्दैछ। यही दुर्लभ संयोगका कारण माता दुर्गाको विभिन्न रुपको पुजाको लागि थप विशेष भएको छ।

यस वर्ष सुख-समृद्धिको कारक मानिने चैत्र नवरात्रिमा माता दुर्गा डुङ्गा चढेर आउँदैछिन्। डुङ्गामा माता दुर्गाको आगमनले खुसी र मनोकामना पूरा गर्छ। यसका साथै ११० वर्षपछि बनेको यस नवरात्रिमा ग्रह र नक्षत्रको स्थिति पनि विशेष हुन्छ। नवरात्रिमा शनि र बृहस्पति आ-आफ्नो राशिमा रहनेछन्। शनि कुम्भ राशिमा र बृहस्पति मीन राशिमा रहनेछ।

यस बाहेक ४ वटा महत्वपूर्ण ग्रहहरुले राशि परिवर्तन गर्नेछन्। यसका साथै यस वर्षको नवरात्रि ९ दिनको हुनेछ। अर्थात् नवरात्रिको मितिमा कुनै परिवर्तन छैन। नवरात्रिको ९ दिन पूरा हुनु निकै शुभ मानिन्छ। हिन्दू पञ्चाङ्ग अनुसार चैत्र प्रतिपदा तिथी चैत्र ७ गते राति ११ बजेर ४ मिनेटमा प्रारम्भ हुनेछ। त्यसैले नवरात्रि कलश स्थापना चैत ८ गते सूर्योदय संग सुरु हुनेछ।

देवीका ९ रूपको पूजा गरिन्छ

१- नवरात्रिको पहिलो दिन चैत ८ गते बुधबार: माता शैलपुत्री पूजा (घटस्थापना) २- नवरात्रिको दोस्रो दिन चैत ९ गते बिहीबार: माता ब्रह्मचारिणी पूजा, ३- नवरात्रि तेस्रो दिन चैत १० गते शुक्रवार: माता चन्द्रघण्टा पूजा, ४- नवरात्रि चौथो दिन चैत ११ गते शनिबार: माता कुष्माण्डा पूजा, ५- नवरात्रि पाँचौं दिन चैत १२ गते आइतबार: माँ स्कन्दमाता पूजा, ६- नवरात्रि छैटौं दिन चैत १३ गते सोमबार: माता कात्यायनी पूजा, ७- नवरात्रि सातौं दिन चैत १४ गते मंगलबार: माता कालरात्रि पूजा, ८- नवरात्रि आठौं दिन चैत १५ गते बुधवार: माता महागौरी पूजा, ९- नवरात्रि ९ औं दिन चैत १६ गते बिहीबार: माँ सिद्धिदात्री

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शुक्रबारको दिन पारेर माता लक्ष्मीको बारेमा गर्नुहोस् यस्ता उपाय: हुनेछ हरेक मनोकामना पूरा !