पर्सी शनिबार बन्दैछ निकै खास संयोग, जान्नुहोस् गर्नुपर्ने उपाय !

धार्मिक मान्यता अनुसार पापमोचिनी एकादशीको ठूलो महत्त्व रहेको छ। यो तिथि अनुसार संवत् वर्षको अन्तिम एकादशी हो र युगादी अघि पर्छ। उत्तर धार्मिक मान्यता अनुसार यो चैत्र महिनाको कृष्ण पक्षमा पर्दछ। हिन्दू पात्रोको अनुसार पापमोचिनी एकादशी चैत्र महिनाको कृष्ण पक्ष एकादशीमा पर्दछ। यस वर्ष यो चैत ४ गते शनिबार परेको छ।

एकादशी तिथि प्रारम्भ चैत ३ गते दिउसो 02 बजेर २१ मिनटबाट सुरु हुनेछ। एकादशी तिथि समापन चैत ४ गते शनिबार बिहान बिहान ११ बजेर १३ सम्म हुनेछ।

पापमोचिनी एकादशीका दिन धेरै शुभ संयोगहरू बन्दै-

यस वर्ष पापमोचिनी एकादशीका दिन धेरै शुभ संयोगहरू बनिरहेका छन् । यस दिन शिवयोग, सर्वार्थ सिद्धि योग र द्विपुष्कर योगको अद्भुत संयोजन भइरहेको छ। यस योगमा गरेका कर्ममा सफलता मिल्ने जनविश्वास रहेको छ। साथै धन सम्पतिमा इज्जत बढ्नेछ।

पापमोचिनी एकादशी व्रत समय-

पापमोचिनी एकादशी व्रत पराण चैत ०४ गते हुनेछ। व्रतको शुभ बिहान समय ०६:२७ देखि ८:०७ बजे सम्म रहेको छ। पारणको दिन द्वादशीको अन्त्यको समय बिहान ८ बजेर ७ मिनेटमा हुन्छ।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र १ गतेबाट सुरु भईसक्यो खरमास, १ महिनाभर नगर्नुहोस् यी काम