दुई दिनपछि परेको छ पपमोचनी एकादशी, भगवान विष्णुको चतुर्भुज रूपको पूजा गरिँदै !

एकादशी व्रत भगवान विष्णुलाई अति प्रिय दिन हो। जसले महिना र वर्षका सबै एकादशीको व्रत गर्छ, उसलाई भगवान विष्णुको कृपा प्राप्त हुने मान्यता राअहेको छ। यसपटक एकादशी चैत ४ गते मनाइँदैछ। यस दिन व्रत बस्नेले सबै पापबाट मुक्ति पाउने मान्यता रहेको छ। त्यसैले नजानेर गरेको पापबाट मुक्ति पाउन यो व्रत उत्तम मानिन्छ।

यस दिन भगवान विष्णुको चतुर्भुज रुपको पूजा गर्नुपर्छ। भगवान विष्णुको चतुर्भुज रुपका चार हात छन् र हातमा शंख, चक्र, गदा र कमल छन्। यस पटक एकादशी चैत ०३ गते परे पनि उदया तिथीका कारण यसपटक एकादशी चैत ०४ गते मात्र मनाइने भएको छ।

यस एकादशीको विशेष कुरा के हो भने यो चैत्र महिनाको एकादशी हो। यति मात्र होइन यो एकादशी शनिबार परेको छ। यस दिन भगवान विष्णुको पूजामा १६ वटा वस्तुको प्रयोग गर्नुपर्छ। यस दिन भगवान विष्णुको पूजा गर्नाले कथा सुनेर पराणको दिन भगवान विष्णुको आराधना गरी प्रसाद ग्रहण गरेर अरुलाई पनि बाढ्नुहोस्।

पापमोचिनी एकादशी पूजा विधि

धार्मिक विद्वानहरुका अनुसार पापमोचिनी एकादशीका दिन बिहान सबेरै उठेर नुहाएर पहेँलो कपडा लगाउनुपर्छ। यसका अनि यस दिनको व्रत सुरु गर्नुपर्छ। त्यसपछि घरको मन्दिरमा वेदी बनाउनुपर्छ र जौ, चामल, गहुँ, कोदो, उराद, मुग र चना राख्नुपर्छ। त्यसपछि उक्त स्थानमा भगवान विष्णुको मूर्ति स्थापना गर्नुहोस् र पहेँलो फल, फूल, तुलसीको पात र मौसमी फलहरू चढाउनुहोस्। त्यसपछि आँखा बन्द गर्नुहोस् र भगवान हरिको जप गर्नुहोस्। पूजाका साथसाथै बेलुका आरती गर्नुहोस् ।

पापमोचिनी एकादशीको महत्त्व

हिन्दू पात्रोको अनुसार वर्षको हरेक महिनामा एकादशी हुन्छ। यो वर्षको अन्तिम एकादशी हो। यससँगै यो वर्ष समाप्त हुन्छ र नयाँ वर्ष सुरु हुन्छ। यस पापमोचिनी एकादशीको व्रत गर्नाले जानेर-नजानेर गरेको पापबाट मुक्ति मिल्ने जनविश्वास छ। यो व्रत गर्नाले मानिसको शरीर र मन शुद्ध हुन्छ र मृत्युपछि स्वर्गमा स्थान प्राप्त हुन्छ। पापमोचिनी एकादशीको व्रत गर्नाले ७ जन्मको पापबाट मुक्ति मिल्ने मान्यता छ।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट अपनाउनुहोस् यस्ता सरल उपाय: क्रूर ग्रह शनिले पनि दिनेछ शुभ फल !