ज्योतिष शास्त्रमा सूर्य देवताको विशेष स्थान छ। सूर्य देवलाई ग्रहहरूको राजा भनिन्छ। सूर्य देवको स्थिति शुभ हुँदा व्यक्ति भाग्यशाली हुन्छ र अशुभ हुँदा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। चैत १ गतेबाट सूर्यदेव मीन राशिमा प्रवेश गरेको छ। सूर्यको राशि परिवर्तनलाई संक्रान्ति पनि भनिन्छ। सूर्य मीन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मीन संक्रान्ति भनिन्छ। सूर्य मीन राशिमा प्रवेश गरेलगत्तै केही व्यक्तिलाई सावधानी अपनाउनु पर्ने हुन्छ। जान्नुहोस् कुन-कुन राशि ?
मेष राशि
यस समयमा मेष राशिका व्यक्तिले सावधानी अपनाउनु पर्ने विशेष आवश्यकता छ, नकारात्मक विचारले विचलित पार्न सक्छ। जम्मा भएको धनमा कमी आउन सक्छ र पैसाको समस्या पनि आउन सक्छ। केही शुभ समाचार पाउन सकिनेछ। परिवारसँग बाहिर घुम्न जान सकिनेछ। मान-सम्मान बढ्नेछ, कार्य क्षेत्रमा उच्च अधिकारीहरू खुसी हुनेछन्।
मिथुन राशि
परिश्रम पूरा हुनेछन् तर प्रतिफल भने अनुकुल हुने छैन। शान्त र संयमता अपनाउन जरुरी छ। पुराना रोकिएका काम पुरा हुनेछन्। व्यापारमा लाभ हुनेछ। कुनै पनि कामको राम्रो र नराम्रो पक्ष जाँच नगरी हतारमा कुनै पनि काम नगर्नुहोस्।
सिंह राशि
जग्गा सम्बन्धी कामबाट लाभ मिल्नेछ। नयाँ योजना बन्नेछन् तर पूरा हुनेछैनन्। यद्यपि यो समय सिंह राशिको लागि राम्रो छ। उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापारका लागि यो समय राम्रो छ तर लेनदेनमा सावधानी अपनाउनु पर्ने देखिन्छ। पुरानो साथीसँग भेटघाट हुनसक्छ।
कुम्भ राशि
पैसाको जालमा नलागेपछि मात्रै लाभ हुनेछ, सावधानी अपनाउनु पर्ने देखिन्छ। कुनै पनि नयाँ काम सुरु गर्नु अघि सावधान रहनुहोस्। समस्याहरू अगाडि आउन सक्छन्। कार्यस्थलमा परिवर्तन सम्भव छ। यदि विद्यार्थी हुनुहुन्छ भने तपाइँ खेलकुदमा ठूलो सफलता पाउन सक्नुहुन्छ। आर्थिक अवस्था बलियो बन्न सक्छ, परिवारसँग स्नेह बढ्न सक्छ।