बढेको बढ्यै सुनको मूल्य, भयो ३९ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। गएको केहि दिन देखि निरन्तर उकालो लागिरहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ६ सय रुपैंयाँले नै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख ५ हजार २ सय रुपैंयाँ तय गरेको छ।

सुन झन्डै ६ साताकै महँगो

मंगलबारको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुन झन्डै ६ साताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन ३९ दिन अर्थात् माघ २० यताकै महँगो भएको छ। त्यस दिन नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ६ हजार १ सय र तेजाबी सुनको मूल्य १ लाख ५ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा रु ४५ ले बढेको महासंघले जनाएको छ। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन ३०, २०७९११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालसँग युएई पराजित, नेपाल सिधै विश्वकप छनौटमा !