भोलि सोमबार हुनेछ मङ्गलको गोचर : ६ राशिका जातकमा पर्नेछ सकारात्मक असर, बन्नेछ धन लाभको योग

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार कुण्डलीमा रहेका हरेक ग्रहले केही समयको अन्तरालमा आफ्नो राशि परिवर्तन गर्छन्। ग्रहहरुको यो राशि परिवर्तनका कारण देश तथा विश्वमा यसको प्रभाव देखिन सक्छ। यसै क्रममा मङ्गल ग्रहले फाल्गुन २९ गते सोमबार राशि परिवर्तन गर्नेछ। ज्योतिष शास्त्रमा मङ्गल ग्रहलाई विशेष स्थान दिईएको छ। मङ्गल ग्रहलाई ग्रहहरुको सेनापति मानिन्छ। यिनलाई उर्जा, भाईबन्धु, भूमि, शक्ति, साहस, पराक्रम, शौर्यको कारक ग्रह मानिन्छ। मङ्गलको यस राशि परिवर्तनले केही राशिलाई लाभ मिल्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गल ग्रहलाई मेष राशिको स्वामी ग्रह मानिन्छ। गोचरको समयमा मङ्गल मेष राशिको तेस्रो भावमा प्रवेश गर्नेछ। मेष राशिमा मङ्गल तेस्रो भावमा आउनु यी राशिका लागि अत्यन्तै शुभ हुनेछ। मङ्गल ग्रहको प्रभावले मेष राशिका मानिसहरुमा सकारात्मक उर्जा बढ्नेछ। रोकिएका काम पुरा हुनेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि यो गोचर शुभ फलदायी साबित हुनेछ। तपाईले पिता र गुरुको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मङ्गलको यो गोचर मिथुन राशिको लग्न भावमा हुनेछ, यस गोचरबाट मिथुन राशिका व्यक्तिहरुलाई शुभ प्रभाव मिल्नेछ। मिथुन राशिका व्यक्तिहरूले रोगबाट मुक्ति पाउनेछन्। रोग प्रतिरोधात्मक क्षमता मजबूत हुनेछ। आमाको स्वास्थ्यमा ध्यान दिनु पर्ने देखिन्छ। मङ्गल ग्रहको यस गोचरको प्रभावले सम्पत्ति खरिदमा मनग्य लाभ हुन सक्छ। घर-जग्गा खरिद-बिक्रीको लागि यो सबैभन्दा अनुकूल समय छ। साझेदारीमा गरिएको व्यापार लाभदायक हुनेछ।जीवन साथीको पनि पूर्ण सहयोग मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मङ्गल ग्रहको गोचर सिंह राशिका लागि आर्थिक मामिलामा विशेष लाभदायी रहनेछ। पुराना लगानीबाट मनग्यै धन-लाभ हुनेछ। रोजगार गर्ने जातकको तलबवृद्धि हुन् सक्छ। परिवारसँग घुम्न जाने योजना बन्न सक्छ। प्रतिस्पर्धात्मक परीक्षाको लागि उत्तम समय छ। कानुनी मुद्दा-मामिला तथा अड्चनमा अवश्यै जित हासिल हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरूलाई मङ्गल ग्रहको यो गोचरबाट शुभ प्रभाव मिल्नेछ। कन्या राशिका व्यक्तिहरुको व्यावसायिक जीवन राम्रो हुनेछ। पदोन्नतिको सम्भावना छ। कार्यस्थलमा मानिसहरूले तपाईको कामको प्रशंसा गर्नेछन्। व्यावसायी वर्गले परिश्रमको फल पाउनेछन्। व्यापार विस्तार हुनसक्छ। आत्मविश्वासमा वृद्धि हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिमा मङ्गल ग्रहलाई उच्च मानिने भएकाले मकर राशिका व्यक्तिहरूका लागि मङ्गलको यो गोचर अत्यन्तै अनुकूल रहनेछ। मनोकामना पूरा हुनेछन्। खर्चमा वृद्धि हुन् सक्छ। कामको सिलसिलामा बाहिर जानु पर्नेछ। बुवाको स्वास्थ्यको ख्याल राख्नुहोस र आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मङ्गल ग्रहको यो गोचर कुम्भ राशिका लागि शुभ साबित हुनेछ। विद्यार्थी वर्ग अध्ययनमा उत्साहित हुनेछन्। प्रेमी-प्रेमिकाबीच मतभेद बढ्न सक्छ। यस अवधिमा सामाजिक हुने थप प्रयास गर्नुहोस्।

प्रकाशित : आइतबार, फागुन २८, २०७९१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शत्रु पराजित पार्न काम लाग्छन् चाणक्यका यी अचुक उपाय