साप्ताहिक राशिफल : चैत्र ३ गतेसम्मका दिन त्यति राम्रो छैन यी राशिलाई, कुनै नरमाइलो खबर सुनिएला

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (फागुन २७ देखि चैत ३ गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ३० गते अष्टमी व्रत, (दुदु च्या च्या) । १ गते मीन सङ्क्रान्ति, शीतलाष्टमी ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यस साता नयाँ काम हातमा पर्ने र त्यसैका लागि बढी खर्च गर्नु पर्ला । मित्र र परिवारको सहयोगले निकै राम्रो भूमिका निर्वाह गर्नेछ । पढाइको स्थिति शिथिल नै छ । पूर्वाद्र्ध जति राम्रो छ, उत्तराद्र्ध त्यस्तो देखिँदैन । सूर्यको दर्शन गरी नै रहनुहोस् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सातालाई नराम्रो भन्न मिल्दैन । पहिले रोकिएका धेरै काम बन्ने छन् । मनमा भएको पीर बिस्तारै घटेर जाला । जागिरतिर राम्रो कुरा सुनिने समय छ । व्यापार, व्यवसायमा समेत प्रगति होला । साताको अन्त्यतिर कुनै नरमाइलो खबर सुनिएला कि जस्तो छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला र त्यसैका लागि खर्च गरिरहनु पर्नेछ । परिश्रम बढी पर्ला । मेहनतअनुसारको फल प्राप्ति नहुनाले मन खिन्न होला । स्वास्थ्यका बारेमा सतर्क भइरहनुहोस् । बाधा दिने तìव बढी भएकाले गणेशको नित्य आराधना गर्नु आवश्यक छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यस साता आय र व्यय बराबरैजस्तो छ । मद्दत दिनेको सङ्ख्या साह्रै सीमित छ । बिघ्नबाधा प्रशस्त आउने छन् र त्यसलाई समन गर्न शनिश्चरको आराधना गरिरहनु आवश्यक छ । परिवारमा सानो सानो कुरामा समेत मतभेद हुन सक्छ । मित्रबाट सोचेजति सहयोग पाइने छैन।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यस साता खर्च बढी नै होला । बौद्धिक प्रतिभाले मात्रै राम्रो आर्जन गर्न सकिनेछ । आफ्नो एवं परिवारको स्वास्थ्य त्यति राम्रो रहने छैन । जागिरको सन्दर्भमा बाहिरतिर जानु पर्ला कि जस्तो छ । सूर्यको आराधना नगरीकन खास महìवपूर्ण काम बन्ने छैनन् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साताको सुरुमा प्रशस्त खर्च बढ्ला । सोमबारदेखि भने गरेको काम बन्ने र आय आर्जन हुन सक्छ । सम्मान एवं प्रतिष्ठा बढ्ने समय छैन । शिक्षाको क्षेत्रमा भने राम्रो समय छ तर मुखबाट केही गलत शब्द निक्लन सक्छन् । बगलामुखीको दर्शन गरी नै रहनुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साता राम्रो खालको छ । सुरुका दिनमा नै मित्रसँग भेटघाट हुने र भोजभतेर पर्ने सम्भावना छ तर मित्रबाट खास सहयोग भने पाउनु होला जस्तो छैन । असल काम गर्न लाग्दा पनि बाधा दिनेहरू धेरै हुनेछन् । शिवजीको नित्य दर्शन गरेमा त्यस्ता अवरोध हटाउन सकिनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साताको सुरुमा प्रशस्त खर्च होला । आफ्नै खर्चले भोजभतेर गर्नु पर्नेछ । स्वार्थी खालका मित्र हुनाले उनीहरूबाट खास सहयोग मिल्लाजस्तो छैन । सानोतिनो चोटपटक लाग्ने सम्भावनासमेत छ । गणेशको दर्शन गरिरहनुहोस् । पारिवारिक सन्तोष सोचेको जति हुने छैन ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यस साता मान–प्रतिष्ठा नबढे पनि खास हानि हुने छैन । प्राविधिक खाले कामबाट राम्रो उपलब्धि हुनेछ । पढाइ एवं लेखाइ दुवैतिर समान गति चल्ला । व्यापार, व्यवसायको कामबाट केही लाभ लिन सक्नुहुनेछ । भैरवको दर्शन गरेमा बढ्दो खर्चलाई नियन्त्रणसमेत गर्न सकिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

साता राम्रो खाले छ । पहिलेदेखि रोकिएका काम पनि बन्न थाल्नेछन् । खर्चलाई घटाउन नसके पनि काम बन्नाले मनमा सन्तोष हुनेछ । परिवारबाट सहयोग मिल्ला भने मित्र पनि असल नै पाउनु हुनेछ । प्राविधिक खाले काममा विशेष सफलता छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साताका सुरुका दुई दिन मनमा बढी डर लाग्नेछ तर बिग्रने समय छैन । सोमबारबाट अलिकति खर्च बढ्नेछ भने काम महìवपूर्ण रूपले नै बन्ने छन् । सम्मान, प्रतिष्ठामा आएको ह्रास घट्न थाल्नेछ । व्यापार, व्यवसायले गतिलै लाभ देला । परिवारबाट पाइने सहयोगमा कमी छैन।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । गरेका काममा बिघ्न, बाधा आउने र मन खिन्न हुनेछन् । मङ्गलबार बेलुकीदेखि मात्र प्रगति हुन थाल्ला । व्यवसायको काममा शिथिलता छ । गोडामा पीडा हुन सक्छ । हाललाई शनिश्चरको सेवा र गणेशको दर्शन आवश्यक देखिन्छ ।

प्रकाशित : शनिबार, फागुन २७, २०७९०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : ४ राशिलाई अत्यन्तै राम्रो छ यो साता, व्यापार-व्यवसायले दिनेछ गतिलै लाभ