शतभिषा नक्षत्रमा गोचर गर्दै शनि, आगामी ७ महिना शनिले दिलाउनेछ यी ५ राशिलाई जबरदस्त लाभ

काठमाडौँ : – शनि चैत्र १ गते बुधबार शतभिषा नक्षत्रमा गोचर गर्नेछ। हाल शनि कुम्भ राशिमा गोचर गरिरहेको छ, जहाँ फाल्गुन २१ गते आइतबार शनि उदय हुनेछ र त्यसपछि शतभिषा नक्षत्रमा प्रवेश गर्नेछ। ज्योतिषशास्त्रमा शनिलाई सुस्त ग्रह भनिन्छ। यहीँ कारण शतभिषा नक्षत्रमा प्रवेश गरेपछि ७ महिनासम्म यहीँ नक्षत्रको पहिलो चरणमा गोचर गर्नेछ। शनि चैत्र १ गतेदेखि वि.सं. २०८० साल असोज ३० गतेसम्म शतभिषा नक्षत्रको पहिलो चरणमा रहनेछ, जसको स्वामी बृहस्पति हो। शतभिषा नक्षत्रमा शनिको यस्तो गोचर मेष, मिथुन सहित ५ राशिका लागि लाभदायक हुनेछ।

शनिको गोचरले मेष राशिमा पार्ने प्रभाव : –

आफ्नो व्यवसाय सुरु गर्ने सोचमा रहेका मेष राशिका मानिसहरुका लागि शनिको शतभिषा नक्षत्रमा गोचर लाभदायक हुनेछ। यस नक्षत्रमा शनिको गोचरमा केही नयाँ योजनामा ​​काम सुरु गर्न सक्नुहुन्छ। मेष राशिका व्यावसायीहरुका लागि समग्रमा यो समय लाभदायी रहनेछ। शनि शतभिषा नक्षत्रमा रहँदा यस राशिका व्यक्तिहरूलाई काममा अगाडि बढ्ने अवसर मिल्नेछ, कार्यस्थलमा पद तथा प्रतिष्ठा मिल्नुका साथै धन लाभ पनि मिल्नेछ।

शनिको गोचरले मिथुन राशिमा पार्ने प्रभाव : – 

शनिले शतभिषा नक्षत्रमा प्रवेश गर्दा मिथुन राशिका मानिसहरूलाई शनिले उत्कृष्ट लाभ प्रदान गर्नेछन्। विगत साढे दुई वर्षदेखि शनिको ढैय्यामा परी सङ्घर्ष गरिरहेकाहरुले शुभ फल प्राप्त हुनेछ। वास्तवमा यस अवधिमा शनि मिथुन राशिको नवौँ भाव रहनेछ। यस अवधिमा वैदेशिक यात्राको अवसर जुर्न सक्छ। यात्रा सफल र उद्देश्यपूर्ण रहनेछ। उच्च शिक्षाका लागि विदेश जाने प्रयासमा रहेका विद्यार्थीले आफ्नो प्रयासमा सफलता पाउनेछन्।

शनिको गोचरले सिंह राशिमा पार्ने प्रभाव : –

सिंह राशिका व्यक्तिहरुका लागि करियरको हिसाबले शनिको यो गोचर निकै शुभ रहनेछ। यस अवधिमा सफलता र सफलता मिल्नेछ। नोकरीपेशामा आबद्द मानिसहरु यदि सरुवा चाहन्छन् भने सफलता मिल्ने देखिन्छ। नयाँ कामको खोजीमा रहेका मानिसहरुले सकारात्मक परिणाम हासिल गर्नेछन्। आर्थिक मामिलामा पनि शनिको गोचर तपाईको लागि लाभदायी साबित हुनेछ। यस समयमा तपाईले धेरै आर्थिक लाभ प्राप्त गर्न सक्नुहुनेछ।

शनिको गोचरले तुला राशिमा पार्ने प्रभाव : – 

शताक्षिषा नक्षत्रमा शनिको गोचर तुला राशिका लागि करियरको हिसाबले निकै राम्रो रहनेछ। यस समयमा तपाईले आफ्नो करियरमा सुखद र अनुकूल परिणाम प्राप्त गर्नुहुनेछ। यो राशिका व्यक्तिले कुनै पनि काम आफैंले गर्दा मनग्यै धन-लाभ हुनेछ। शतभिषा नक्षत्रमा शनिको गोचर तुला राशिका विद्यार्थीहरूका लागि धेरै फलदायी रहनेछ। यस अवधिमा तपाईले आफ्नो कडा परिश्रमको पूर्ण परिणाम प्राप्त गर्नुहुनेछ, प्रतिस्पर्धामा तपाईको प्रदर्शन उत्कृष्ट हुनेछ।

शनिको गोचरले धनु राशिमा पार्ने प्रभाव : – 

धनु राशिका व्यक्तिहरूका लागि शतभिषा नक्षत्रमा शनिको गोचरले सफलता मिल्नेछ। यस अवधिमा तपाईले पर्याप्त लाभ प्राप्त गर्ने सम्भावना छ। नयाँ कामको खोजीमा रहेका यस राशिका व्यक्तिहरूले मनले चाहेको काम पाउन सक्छन्। व्यवसायीका लागि पनि यो अवधि निकै राम्रो रहनेछ। रोजगारीमा भएकाले बढुवा पाउनेछन् र आम्दानीमा पनि वृद्धि हुनेछ।

प्रकाशित : बिहिबार, फागुन २५, २०७९१८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६१७ वर्षपछि बन्दैछ एक साथ तीन राजयोग : यी ३ राशिका जातकको पल्टिनेछ भाग्य, बढ्नेछ सुख-समृद्धि