एजेन्सी : ‘बाहुबली’ फेम अनुष्का शेट्टीलाई कसले बिर्सन सक्छन् होला र। उनका गाजलु ती ठूला-ठूला आँखा, चञ्चल स्वभाव र मिठो मुस्कानले अहिले पनि मानिसहरुलाई कायल बनाउँछ। तर उनको पछिल्लो तस्बिरले सबैलाई चकित बनाएको छ। उनलाई चिन्न निकै कठिन भईरहेको छ।
एसएस राजामौलीको फिल्म ‘बाहुबली’ मा अभिनेत्री अनुष्का शेट्टी चर्चाको केन्द्रबिन्दुमा थिईन्। उनको अभिनयसँगै उनको सौन्दर्यबाट पनि मानिसहरु प्रभावित भएका थिए। फिल्ममा उनले देखाएको तरबार नाच, सेतो कपडा पछाडीबाट देखिएको उनको पहिलो झलकका तस्बिर अहिले पनि मानिसहरुका मनमस्तिष्कमा छन्। यसैबीच अहिले अनुष्काका केही नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्, जुन तस्बिरहरु हेरेर फ्यान तीनछक्क परेका छन्। फ्यानहरुले आखिर अनुष्कालाई के भएको हो बुझ्नै सकिरहेका छैनन्। यी तस्बिरहरू देखेर कोही छक्क परेका छन् भने कतिपयले ट्रोल पनि गरिरहेका छन्।
हालै अनुष्का महाशिवरात्रिको पावन अवसरमा भारतको बेंगलुरुस्थित एक मन्दिरमा सेतो सुरुवाल कमिजमा देखिएकी थिइन्। यस क्रममा उनका धेरै तस्विर क्यामेरामा कैद भए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अनुष्काको रुपान्तरण देखेर फ्यानहरु अचम्ममा परेका छन् भने कतिपयले उनलाई ट्रोल गरिरहेका छन्। तस्विरमा अनुष्काको तौल निकै बढेको देखिन्छ। अनुष्का पहिले देखि नै धेरै मोटो देखिन्छिन्।
कतिपयले अनुष्काले फिल्म ‘साइज जिरो’का लागि तौल बढाएको तर घटाउन नसकेको बताएका छन् भने कतिपयले उनलाई स्वास्थ्यमा केही समस्या रहेको बताएका छन्। अनुष्काको तस्बिरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन् – “धेरै नराम्रो लाग्यो, कृपया अलिकति स्लिम हुनुहोस्। हामी तपाईलाई धेरै भन्दा धेरै फिल्महरू गर्न चाहन्छौं।”
एकले भनेका छन् – “अनुष्का शेट्टी र इलियाना दुवै मनपर्ने हिरोइन हुन् र दुवै मोटी भइसकेका छन्।”