आचार्य चाणक्यले आफ्नो ग्रन्थ नीति शास्त्रमा मानव जीवनका विभिन्न अवस्थाहरूको बारेमा उल्लेख गरेका छन्। आचार्य चाणक्य आफ्नो नीति शास्त्रमा यस्ता महत्त्वपूर्ण कुराहरू उल्लेख गरेका छन् जसलाई अपनाएर व्यक्तिले सफलता प्राप्त गर्न सक्छ। आचार्य चाणक्यलाई एक महान् शिक्षाविद्, कूटनीतिज्ञ र राजनीतिज्ञ मानिन्छ। चाणक्यका नीतिहरू आजको समयमा पनि लोकप्रिय छन्।
आचार्य चाणक्यले एउटा श्लोकमा कस्ता नारीमाथि पुरुषले भुलेर पनि विश्वास गर्न नहुने बताउनुभएको छ । जान्नुहोस् चाणक्य आफ्नो नीति शास्त्रमा के भन्छ-
नखीनां च नदीनां श्रृंगीणां शस्त्रपाणीनाम्।
विश्वासो नैव कर्तव्य: स्त्रीषु राजकुलेषु च।।
चाणक्यले ठुला सिङ भएका जनावरलाई कहिल्यै पनि विश्वास गर्नुहुँदैन भन्नुभएको छ। यस्ता जनावरको मन कहिले बिग्रन्छ कसलाई थाहा हुँदैन। जोसँग तलवार जस्तो हतियार छ, उसलाई कदापि विश्वास गर्नु हुँदैन किनकि उ सानातिना कुरामा पनि रिसाउन सक्छ र जहिले पनि आक्रामक बन्न सक्छ।
त्यस्तै चाणक्यले भनेका छन् धेरै चञ्चल स्वभाव भएका महिलाहरूलाई कहिल्यै विश्वास गर्नु हुँदैन। उसले आफ्नो चतुराइले तपाईको लागि जुनसुकै बेला प्रतिकूल परिस्थिति सिर्जना गर्न सक्छ। त्यसै गरी राजाका सेवकहरू र राजपरिवारका व्यक्तिहरूलाई कहिल्यै विश्वास गर्नु हुँदैन। तिनीहरूले राजालाई जुनसुकै बेला हानि पुर्याउन सक्छन्। उनीहरू राजनीतिक नियमहरूप्रति समर्पित र वफादार हुन्छन्। उनीहरूका लागि राज्यको हित महत्त्वपूर्ण हुन्छ, सम्बन्ध होइन।