सुन एक साताकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। धेरै दिन पछि बुधबार बढेको सुनको मूल्य नेपाली बजारमा आज बिहिबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख २ हजार १ सय रुपैंयाँ तय गरेको छ।

बुधबार र बिहिबार निरन्तर दुई दिन मूल्य बढेसँगै नेपाली बजारमा सुन एक साताकै महँगो भएको छ। चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य गत बुधबार पछिकै महँगो हो।

चाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ७० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, फागुन १८, २०७९११:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होली अगाडी प्रहरी अलर्टमा, इच्छाविपरीत रङ दले सिधै कारवाही !