अबको एक महिना निकै कष्टकर हुनेछ यी ३ राशिलाई, आउनेछन् अनेक समस्या !

हरेक दिन हुने ग्रह-नक्षत्रको परिवर्तनको कारण दैनिक, साप्ताहिक, मासिक राशिफलको निर्धारण गरिन्छ । आजबाट मार्च महिना सुरु भएको छ । जसको कारण केही राशिलाई सावधान रहन पर्ने भएको छ । जान्नुहोस् कुन-कुन राशि ?

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । खर्चका मात्रा बढेर जाला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्याउनुपर्ला । यात्रा एवं सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ । लेनदेन एवं ठूलो आर्थिक लगानी गर्न महिना अनुकूल छैन। गलत व्यक्तिको सङ्गतले पश्चात्ताप हुने देखिएकाले साथीसङ्गत विचार पु¥याउनुहोला। पठनपाठनमा नसोचेका झमेला आइपर्नाले सोचे जस्तो सफलता मिल्दैन। धार्मिक तथा सामाजिक काममा अभिरुचि लाग्नेछ। महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

गर्न आँटेको काममा अनावश्यक अवरोध आइर्नेछन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप बढी नै पर्न जानेछ। सामान्य अस्वस्थताको सम्भावना रहेपनि महिनाको उत्तरार्धमा क्रमशः हटेर जानेछ । महिनाको प्रारम्भमा सामान्य चोटपटकको सम्भावना रहेकाले यात्रा एवं वाहन चलाउँदा सावधानी अपनाउनुपर्नेछ । घर-परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने देखिन्छ। ठूलो आर्थिक लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा नै राम्रो होला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सन्तानको चिन्ताले पिरोल्ने देखिन्छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम एवं दौडधूप बढी नै पर्न जानेछ । आर्थिक मामलाका कामबाट राम्रै सफलता मिल्ने देखिन्छ । सामान्य विवादको सम्भावना रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ। रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनको अवसर मिल्ने छ। व्यावहारिक झमेलाले गर्दा अध्ययन अध्यापनमा अवरोध सिर्जना हुनेछन् । सामान्य मानसिकअस्थिरता एवं दुविधा बढ्ने छ।

प्रकाशित : बुधबार, फागुन १७, २०७९१४:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षको होलीमा बन्नेछ अत्यन्त शुभ संयोग, यी राशिको चम्किन सक्छ भाग्य !