झन्डै एक साता पछि बढ्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गएको साताको अन्तिम देखि निरन्तर घटिरहेको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख १ हजार ८ सय रुपैंयाँ तय गरेको छ।

माघ महिना देखि नै निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य गत फागुन ११ गते देखि घट्न थालेको थियो। तर त्यसपछि सुनको मूल्य बढेको थिएनन्। तर लगभग एक साता पछि सुनको मूल्य पुनः बढेको छ।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्रै नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा रु १५ ले बढेको महासंघले जनाएको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, फागुन १७, २०७९१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब पोखरा-भद्रपुर सिधा उडान !