कुम्भ राशिमा बन्दै अत्यन्त खास संयोग, यी राशिको जीवनमा हुनेछ धनको वर्षा

ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरिरहन्छ। राशि परिवर्तनबाट शुभ र अशुभ योगहरू बन्ने गर्दछ। जसले मानव जीवन र पृथ्वीलाई असर गर्छ। बुध ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ। जसका कारण ‘विपरीत राजयोग’ निर्माण भएको छ। यस विपरीत राजयोगको प्रभाव सबै राशिका मानिसहरूमा देखिनेछ। तर यस अवधिमा ४ वटा राशि छन्, जसमा लाभ र प्रगतिको सम्भावना रहनेछ। जान्नुहोस् यी भाग्यशाली राशि कुन-कुन हुन् ?

मेष राशि

‘विपरीत राजयोग’ बन्नु मेष राशिको लागि लाभदायक हुन सक्छ। किनकि बुध यस राशिको तेस्रो र छैटौँ घरको स्वामी हो र शुभ स्थानमा अवस्थित छ। सूर्य र शनि पनि सँगै बस्नेछन्। त्यसैले यस समयमा आम्दानीमा ठुलो वृद्धि हुन सक्छ। साथै आकस्मिक लाभ हुन सक्छ। यस समयमा शेयर बजार लगानी गर्न सक्नुहुन्छ। अचल सम्पत्तिबाट लाभ हुने सम्भावना छ।

कर्कट राशि

‘विपरीत राजयोग’ बन्दा कर्कट राशिका व्यक्तिहरूको भाग्य चम्किन सक्छ। यस राशिको लागि १२ औँ घर र तेस्रो घरको स्वामी बुध हो। त्यसैले यदि तपाईको बुध दशा चलिरहेको छ भने व्यापारमा अपार लाभ प्राप्त गर्नुहुनेछ। आम्दानी दोब्बर हुन सक्छ। यसका साथै करियरमा राम्रो प्रगति हुनसक्छ। यससँगै रोकिएका कामहरू पूरा हुनेछन्। साथ-साथै हिम्मत र पराक्रम बढ्नेछ। अनावश्यक खर्चमा रोक कम गर्नुहोस्।

कन्या राशि

‘विपरीत राजयोग’ कन्या राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा बुध, शनि र सूर्य कन्या राशिको छैटौँ घरमा विराजमान छ र केतुको नजर परेको छ। यस समयमा रोकिएको पैसा पाउन सक्नुहुन्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुन सक्छन्। यसका साथै अदालती मामिलाहरूमा सफलता मिल्नेछ। तर यस समयमा स्वास्थ्यमा समस्या आउन सक्छ। स्वास्थ्यमा सजग रहनुहोला।

धनु राशि

‘विपरीत राजयोग’ बन्दा धनु राशिका व्यक्तिहरूको दिन शुभ रहनेछ। किनभने बुध तेस्रो घरमा विराजमान छन्। त्यसैले यो समयमा बेरोजगारहरूले नयाँ काम पाउन सक्छन्। यसका साथ-साथै रोजगारीमा भएका व्यक्तिलाई बढुवा हुनसक्छ। जीवनसाथीको स्वास्थ्य अलि खराब हुन सक्छ। यस समयमा आम्दानीको नयाँ स्रोत मिल्नेछ। नयाँ व्यवसायको टुङ्गो लाग्न सक्छ। जसका कारण भविष्यमा नाफाको योग बनिरहेको छ।

प्रकाशित : बुधबार, फागुन १७, २०७९१०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधबार जन्मिएका व्यक्ति छिट्टै बन्छन् धनी, हुन्छन् निकै भाग्यमानी