मार्च महिनाको राशिफल : ४ राशिलाई हुनेछ अपार धन-लाभ, बाँकी राशिलाई शुभ-अशुभ कस्तो रहला ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आत्मबल बलियो भएर जाने छ । काममा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहला। कार्यव्यस्तता केही बढेर जाला। पारिवारिक सुखसन्तोष अनुकूल रहला। घरपरिवार एवं आफन्तमा माङ्गलिक कार्यको सम्भावना रहेको छ । प्रेम एवं मनोरञ्जनमा मन लाग्ने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ। आर्थिक क्षेत्रका कामबाट राम्रै लाभ हुने छ। आम्दानीका नयाँ बाटासमेत फेला पर्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आँटेको काम तथा प्रतिस्पर्धामा राम्रै सफलता हात पर्नेछ । महिनाको पूर्वार्धमा अनावश्यक दौडधूप एवं बाधाअड्चन आइपर्ने देखिए पनि उत्तरार्धमा समाधानको उपाय निस्कने छ । प्रतिस्पर्धामा सफलताका लागि धेरै परिश्रमको आवश्यकता देखिन्छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्नेछ । महिनाको उत्तरार्धतिर आकस्मिक यात्रा एवं मनोरञ्जनका अवसर मिल्नेछन् । आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्ने देखिन्छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यव्यस्तता बढेर जाने छ । सन्तान एवं परिवारको चिन्ताले सताउला। काममा सामान्य बाधा अवरोध आइपर्ने छन् ।आकस्मिक यात्राको योग छ। महिनाको पूर्वार्धमा आएका विघ्नबाधा क्रमशः उत्तरार्धमा हटेर जानेछन् । घरायसी खर्चको मात्रा बढेर जाने छ । पठनपाठनका साथै धर्मकर्ममा समेत अभिरुचि बढेर जाने छ । सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहने छ । प्रियजनको भेटघाटका साथै मनोरञ्जनका अवसर समेत प्राप्त हुनेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सामान्य अस्वस्थताको सम्भावना छ । शारीरिक परिश्रमका साथै मानसिक तापसमेत केही ज्यादा पर्न जाने देखिन्छ। मानसिक दुविधा एवं अस्थिरता बढेर जाला। सन्तान एवं परिवारको चिन्ताले केही बढी नै सताउने छ । सामान्य विवाद एवं मनमुटावको स्थितिसमेत उत्पन्न हुनेछ। पठनपाठनमा नसोचेका बाधाअड्चन आइपर्ने छन्। महिनाको अन्तिम सातातिर आकस्मिक धनलाभ हुनुका साथै वस्त्र एवं उपहारको लाभ गराउने छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यव्यस्तता बढेर जाने छ ।आकस्मिक यात्राको सम्भावना छ। घरायसी खर्चको मात्रा बढेर जाला। पेटसम्बन्धी समस्याले सताउनुका साथै सामान्य चोटपटकको समेत सम्भावना रहेकाले वाहन चलाउँदा विशेष होसियारी अपनाउनुपर्नेछ । सामान्य विवादमा पार्ने देखिएकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्नेछ। अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। आत्मबल बलियो भएर जानाले कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाला। वादविवादमा एवं प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ। दाम्पत्य सम्बन्धमा सामान्य खटपट पर्न जाला। मानसिक अस्थिरता केही बढेर जाने छ। अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्ने छन्। महिनाको अन्तिम सातातिर रोकिएका काम बन्नुका साथै धनागमको सम्भावना देखिन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सन्तान एवं पारिवारिक सुखसन्तोष अनकूल रहला। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ। काममा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन् । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत वृद्धि भएर जाला । रमाइलो यात्राका साथै नवीन कार्यको शुभारम्भ हुने योग छ । मनोरञ्जनमा धनराशिको व्यय गराउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जानेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । खर्चका मात्रा बढेर जाला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ला । यात्रा एवं सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ । लेनदेन एवं ठूलो आर्थिक लगानी गर्न महिना अनुकूल छैन। गलत व्यक्तिको सङ्गतले पश्चात्ताप हुने देखिएकाले साथीसङ्गत विचार पु¥याउनुहोला। पठनपाठनमा नसोचेका झमेला आइपर्नाले सोचे जस्तो सफलता मिल्दैन। धार्मिक तथा सामाजिक काममा अभिरुचि लाग्नेछ। महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

उच्च मनोबलका साथ अगाडि बढ्ने देखिन्छ । वादविवाद एवं प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्नेछ । स्वास्थ्यमा सुधारको  योग छ। भूमि एवं वाहनसम्बन्धी झै-झमेला आइपर्नेछ । आर्थिक लगानी एवं लेनदेनसम्बन्धी काममा होसियारी अपनाउनुपर्ला। पुराना इष्टमित्रसँगको भेटघाटले मन रमाउनेछ। सामाजिक एवं धार्मिक कार्यमा सहभागिता जनाउनुपर्नेछ। महिनाको उत्तरार्धमा रमाइलो यात्रा एवं मनोरञ्जनको अवसर मिल्ने छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आँटेका काममा अनायासै नसोचेका झमेला आइपर्नेछन्। व्यर्थको खर्च बढेर जाला। लेनदेनसम्बन्धी कारोबारमा विवाद गराउला। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ। सामान्य विवादको सम्भावना देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। घरायसी झमेला थपिएर जाला। महिनाको उत्तरार्धमा धार्मिक यात्राको सम्भावना छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

गर्न आँटेको काममा अनावश्यक अवरोध आइर्नेछन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप बढी नै पर्न जानेछ। सामान्य अस्वस्थताको सम्भावना रहेपनि महिनाको उत्तरार्धमा क्रमशः हटेर जानेछ । महिनाको प्रारम्भमा सामान्य चोटपटकको सम्भावना रहेकाले यात्रा एवं वाहन चलाउँदा सावधानी अपनाउनुपर्नेछ । घर-परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने देखिन्छ। ठूलो आर्थिक लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा नै राम्रो होला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सन्तानको चिन्ताले पिरोल्ने देखिन्छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम एवं दौडधूप बढी नै पर्न जानेछ । आर्थिक मामलाका कामबाट राम्रै सफलता मिल्ने देखिन्छ । सामान्य विवादको सम्भावना रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ। रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनको अवसर मिल्ने छ। व्यावहारिक झमेलाले गर्दा अध्ययन अध्यापनमा अवरोध सिर्जना हुनेछन् । सामान्य मानसिकअस्थिरता एवं दुविधा बढ्ने छ।

प्रकाशित : मङ्गलबार, फागुन १६, २०७९१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट सुरु हुने मार्च महिना कस्तो रहला १२ राशिलाई, हेर्नुहोस् मासिक राशिफल !