धन-पैसा दिने शुक्र ग्रहको राशि परिवर्तन हुँदै, यी ३ राशिको खुल्नेछ भाग्य !

शुक्र ग्रहलाई ज्योतिष शास्त्रमा धन, वैभव, ऐश्वर्य र भौतिक सुख दिने कारक ग्रह मानिन्छ। जब शुक्र ग्रहको राशि तथा नक्षत्र परिवर्तन हुन्छ मानव जीवन र यी क्षेत्रहरूमा विशेष प्रभाव हुन्छ। मार्च १२ मा शुक्र ग्रह मेष राशिमा प्रवेश गर्दैछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशिका लागि यो राशि परिवर्तन लाभदायक र आनन्ददायी साबित हुन सक्छ। जान्नुहोस् कुन-कुन राशि हुन्?

मीन राशि

शुक्र गोचर मीन राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। किनभने शुक्र ग्रह यस राशिको धनको घरमा गोचर हुनेछ। यस कारण आकस्मिक धन प्राप्त गर्न सक्नुहुन्छ। साथै, लामो समयदेखि कतै अड्किएको धन पनि यस अवधिमा पाउन सकिन्छ। व्यवसायी वर्गका लागि व्यवसायलाई अगाडि बढाउनको लागि यो धेरै राम्रो समय छ, त्यसैले व्यापारमा लगानी गर्न सकिनेछ। यसको प्रभाव यस समयमा बोलीमा देखिनेछ। अर्कोतर्फ मिडिया, फिल्म लाइन र मार्केटिङकर्मीका लागि यो समय गजबको साबित हुन सक्छ।

कर्कट राशि

कर्कट राशिका लागि शुक्रको गोचर अनुकूल साबित हुन सक्छ। किनकि कर्कट राशिको दसौँ भावमा शुक्र ग्रहले यात्रा गर्ने छ, जुन काम र जागिरको स्थान मानिन्छ। त्यसैले यस समयमा व्यापारमा राम्रो प्रस्ताव प्राप्त गर्न सकिनेछ। यति मात्र होइन, कामदारहरूले कार्यस्थलमा आफ्ना सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त गर्नेछन्।

सिंह राशि

सिंह राशिको लागि शुक्र ग्रहको राशि परिवर्तन वरदान भन्दा कम साबित हुने छैन। किनभने शुक्र ग्रह यस राशिको भाग्य स्थानमा प्रवेश गर्न लागेको छ। त्यसैले यस समयमा भाग्यशाली हुन सक्नुहुन्छ। यसका साथ-साथै विद्यार्थीका लागि पनि यो समय लाभदायक रहनेछ। परीक्षामा राम्रो नतिजा मिल्नेछ। आफ्नो योजना मा सफलता प्राप्त गर्न सक्नुहुन्छ।

प्रकाशित : मङ्गलबार, फागुन १६, २०७९१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मंगलबार पक्का गर्नुहोस् यस्ता काम, छिट्टै पाउनुहुनेछ सुखद खबर !