साताको पहिलो दिन नै घट्यो सुनको मूल्य, सुन ५५ दिनकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत साताका दुई दिन निरन्तर घटेको सुनको मूल्य यस साताको पहिलो दिन पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैंयाँ तय गरेको छ।

सुन झन्डै दुई महिनाकै सस्तो

पछिल्लो गिरावटसँगै नेपाली बजारमा सुन झन्डै दुई महिना यताकै सस्तो भएको छ। नेपाली बजारमा सुन पौष १८ गते (५५) दिन यताकै सस्तो भएको छ। सो दिन छापावाला सुन १ लाख १ हजार ७ सय र तेजाबी सुन १ लाख १ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यस दिन यता सुनको मूल्य निरन्तर बढ्दै आएको छ। त्यसपछि आज भन्दा अगाडी सुनको मूल्य आज जति सस्तो भएको थिएन। माघ महिना र पौष महिनामा सुनको मूल्य निरन्तर बढेको थियो। तर फागुन महिना लागेपछि भने सुनको मूल्य निरन्तर घटिरहेको छ।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्रै नभई चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा रु १५ ले घटेको महासंघले जनाएको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, फागुन १४, २०७९११:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा !