४ राशिलाई खासै शुभ छैन फागुन महिना, आँटेका काममा आइपर्नेछ अनायासै नसोचेका झै-झमेला

♦ २०७९ साल फाल्गुन महिनाको राशिफल

♦ ज्योतिष हरिप्रसाद पौडेल 

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ। मानसिक अस्थिरता बढेर जाला। घरायसी विषयलाई लिएर दम्पतीमा असमझदारी बढेर जाने छ। आँटेका काममा आइपरेका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जानेछन्। लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ला। महिनाको पूर्वार्धमा सामान्य विवादमा पार्ने देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। घरायसी झमेला एवं पारिवारिक समस्याहरू उत्तरार्धमा क्रमशः हटेर जानुका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मानसिक अस्थिरता एवं दुविधा केही बढेर जाने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले पिरोल्नेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । स्वास्थ्यमा सामान्य उतार चढावको स्थिति देखा पर्नेछ। आर्थिक पक्षका कामबाट राम्रै सफलता हात पर्ला। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ। महिनाको पूर्वार्धमा आफन्तसँगको भेटघाटले मन रमाउनेछ। उत्तरार्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

गर्न आँटेका काममा ढिलासुस्तीका साथै अनावश्यक बाधाअड्चन आइपर्नेछन्। सामान्य विवादमा पार्ने योग रहेकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला। घरायसी खर्चको मात्रा बढेर जानेछ। ठूलो लगानी तथा लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। दम्पतीमा सामान्य असमझदारी बढ्न सक्ने देखिन्छ। अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागमनका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

राशिमा प्रवेश गरेको शनिका कारण शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जानेछ। ठूला लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा राम्रो होला । आँटेका काममा अनायासै नसोचेका झै-झमेला आइपर्नाले दिक्क पार्ने छ। दम्पतीमा विश्वासको अभाव देखापर्नेछ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ। महिनाको उत्तरार्धमा धनागमनका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। स्थान परिवर्तन एवं यात्राको सम्भावना छ।

प्रकाशित : शनिबार, फागुन १३, २०७९११:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन १४ गतेको राशिफल : आइतबार सूर्यदेवको कृपाले सुख-सुविधाले भरिपूर्ण रहनेछ यी ३ राशिका जीवन