आज शुक्रबार गर्नुहोस् यस्ता उपाय, पूरा हुनेछ हरेक मनोकामना !

धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी भनिन्छ। जीवनमा सुख-समृद्धि प्राप्त गर्न तथा ऐश्वर्य र समृद्धि प्राप्त गर्नका लागि लक्ष्मी मातालाई प्रसन्न गरी आशीर्वाद प्राप्त गर्नु अति आवश्यक रहेको छ। शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नुका साथै केही ज्योतिषीय उपाय गर्नाले धनकी देवी प्रसन्न माता लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ। भनिन्छ जसलाई माता लक्ष्मीको कृपा हुन्छ, उनीहरुलाई जीवनमा कुनै कुराको कमी हुँदैन। शुक्रबारको दिन फिटरकीको केही उपाय गर्नाले धनधान्यकी देवीलाई प्रसन्न गर्न सकिन्छ।

शुक्रबारको दिन गर्नुहोस् यस्ता उपाय

यदि नजिकका व्यक्तिहरूले तपाईंको व्यापारमा हानि पुऱ्याउन खोज्दै छन् भने, नुन पानीमा हरियो केराउ भिजाउनुहोस्। भोलिपल्ट यी केराउलाई निकालेर सफा पानीले धुनुहोस् र जनावरलाई खुवाउनुहोस्। यो उपाय गर्नाले व्यापारमा घाटा हुनबाट बच्न सकिन्छ।

व्यवसायमा वृद्धिका लागि शुक्रबार विधिपूर्वक ४ मुखी रुद्राक्षको पूजा गरी धारण गर्नुहोस्। यो उपाय गर्नाले व्यक्तिमा योग्यताको संचार हुन थाल्छ, र व्यापार बढ्छ।

जीवनमा सुख, शान्ति र मनोकामना पुरा गर्नको लागि शुक्रवार माता दुर्गाको अर्गल स्तोत्रको पाठ गर्नुपर्छ। यो पाठ गर्नाले जीवनमा सुख, शान्ति र इच्छित परिणाम प्राप्त हुन्छ।

यदि तपाईंको सन्तान सुस्त मनस्थितिको छ भने, यस दिन मन्दिरमा ढक्कन सहित माटोको भाँडो दान गर्नुहोस्। यी चीजहरू दान गर्नाले सन्तानले चाँडै कुरा बुझ्न थाल्छन्।

यदि आफ्नो जीवनसाथीको प्रगतिको बारेमा चिन्तित हुनुहुन्छ र कुनै प्रकारको दुबिधा छ भने शुक्रबार सुगालाई हरियो खुर्सानी खुवाउनुहोस्। यदि यो उपाय सम्भव छैन भने यस दिन घरको उत्तर दिशामा सुगाको तस्बिर राखेर नियमित दर्शन गर्नुहोस्।

स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाउन यस दिन गाईलाई हरियो घाँस खुवाउनुहोस् र गाईको अगाडिको दुई खुट्टामा थोरै पानी हालेर पूजा गर्नुहोस्। यो उपाय गर्नाले स्वास्थ्य सम्बन्धी समस्याबाट छिट्टै छुटकारा मिल्छ।

घरमा नकारात्मक ऊर्जाबाट जोगाउन शुक्रबार एक टुक्रा फिटकीरी लिनुहोस् र घरको मुख्य ढोकामा राख्नुहोस्। फिटकीरीको टुक्रा कालो नभएसम्म त्यसलाई त्यहीँ राख्नुहोस् र पछि यसलाई फाल्नुहोस् यो उपाय गर्नाले घरको नकारात्मक ऊर्जा हट्छ।

शुक्रबारको दिन कुनै शुभ कामको लागि घरबाट बाहिर निस्कँदा छोरी वा बहिनीको आशीर्वाद लिनुहोस्। यससँगै उनीहरूलाई केही उपहार पनि दिनुहोस्। शुक्रबार यो काम गर्नाले हरेक काममा सफलता मिल्नेछ।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबार परेको छ यस्तो विशेष दिन, यस्ता कार्य गर्दा मिल्नेछ शिव जीको विशेष कृपा !