काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार हरेक ग्रह एक निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछन्। ग्रहको गोचरले धेरैपटक राजयोगको शुभ संयोग बन्छ। फेब्रुअरी महिनामा मङ्गल-चन्द्रमा ग्रहको संयोगले महालक्ष्मी योग बन्न लागेको छ। मङ्गललाई साहस, पराक्रम, भूमि र उर्जा आदिको कारक मानिन्छ। चन्द्रमा मनको कारक हो। यतिबेला मङ्गल वृष राशिमा गोचर गरिरहेको छ। चन्द्रमा फाल्गुन १४ गते आइतबार वृष राशिमा गोचर गर्नेछ। चन्द्रमा र मङ्गल ग्रहको संयोगले महालक्ष्मी योग बन्नेछ, जसले तीन राशिका जातकलाई तगडा लाभ दिनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकको लागि मङ्गल-चन्द्रमाको संयोगबाट बन्ने महालक्ष्मी योग लाभकारी साबित हुनेछ। यस अवधिमा लामो समयदेखि रोकिएको धन फिर्ता सम्भव हुनेछ। धन-लाभका नयाँ मार्गहरु प्रशस्त हुनेछन्। मार्केटिङ र ट्राभल फिल्डसँग सम्बन्धित मानिसहरुका लागि यो समय कुनै वरदान भन्दा कम हुनेछैन्। भौतिक सुखसुविधामा वृद्धि हुनसक्छ। करियरमा लाभ हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि मङ्गल र चन्द्रमाको संयोगले बन्ने महालक्ष्मी योगले तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यस अवधिमा तपाईलाई अचानक आर्थिक लाभ हुने सम्भावना छ। मान सम्मानको प्राप्ति हुनेछ। मिडिया वा चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूका लागि यो अवधि लाभदायी साबित हुनेछ। प्रेम जीवन राम्रो रहनेछ। करियरमा अगाडि बढ्ने अवसर मिल्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
महालक्ष्मी योग कर्कट राशिका लागि वरदान भन्दा कम हुनेछैन। यस अवधिमा नोकरी गर्ने जातकले बढुवा पाउन सक्छन्। आयमा वृद्धिको प्रबल योग बनेको छ। व्यापारीहरूले लाभ पाउनेछन्। लगानीबाट लाभ मिल्नेछ। पुरानो लगानीबाट पनि धन आर्जन हुनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ।