काठमाडौँ : – शनि ग्रहले सबै राशिहरुलाई दशा, महादशा, साढेसाती र ढैय्या आदिका समयमा कर्मको आधारमा दण्ड दिन्छ। तर ४ यस्ता राशिहरु छन्, जसमा शनिको विशेष कृपा प्राप्त हुन्छ र शनि यी राशिमा कहिल्यै पनि कुपित हुँदैनन्। अर्थात् शनिदेवले उनीहरुलाई कर्मको आधारमा दण्ड त दिन्छन् तर क्षमा माग्दा माफ पनि दिन्छन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो राशि शुक्रको राशि हो। शुक्र र शनि आपसमा मित्र हुन्। वृष राशिका मानिसहरूलाई शनिको दशा, महादशा, साढेसाती र ढैय्यामा खासै धेरै पीडा मिल्दैन्। तर कहिलेकाहीँ कर्म राम्रो भएमा यस समयमा भाग्य चम्किन्छ र व्यक्तिले सबै प्रकारका सुख, सुविधा र समृद्धि प्राप्त गर्दछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शनिदेव तुला राशिमा उच्च हुन्छ। त्यसैले शनिदेवले तुला राशिका मानिसहरूलाई धेरै कष्ट दिँदैनन्। तुला राशिका व्यक्तिहरू मेहनती, इमानदार र प्रतिभाशाली हुन्छन्। तुला राशिमा शुक्रको साथसाथै शनिदेवको कृपा पनि रहन्छ। यदि यी मानिसहरूले कसैलाई धोका दिएनन् भने जीवनमा संघर्ष गर्नुपर्दैन। भाग्यको पूर्ण सहयोग मिल्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर शनिको आफ्नै राशि हो। त्यसैले मकर राशिका मानिसहरूमा शनिदेवको कृपा कायम रहन्छ। यी मानिसहरूका अगाडि अवसरहरू प्रशस्त आउनेछन्। भाग्यको पूरा साथ मिल्नेछ। उनीहरुले सजिलै हार मान्दैनन् र जीवनमा हरेक क्षेत्रमा सफल हुन्छन्। शनिदेवको क्रोधले मकर राशिका मानिसहरूलाई छिट्टै असर गर्दैन।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशि शनिदेवको आफ्नै राशिको हुनुका साथै मूल त्रिकोण राशि पनि हो। यस राशिका मानिस न्यायप्रिय र नेतृत्वमा अग्रसर हुन्छन्। उनीहरूलाई धैर्यता र इमान्दारीका साथ सङ्कटको कसरी सामना गर्ने भन्ने पनि थाहा हुन्छ। उनीहरुले कहिल्यै आर्थिक सङ्कटको सामना गर्नुपर्दैन्। शनिको अशुभ प्रभावले यस राशिका मानिसमा खासै प्रभाव पार्दैन। यस राशिमा शनिदेवको कृपा सदैव रहन्छ।