काठमाडौँ : – न्यायको देवता शनिको उदय कुम्भ राशिमा हुँदैछ। शनि फाल्गुन २१ गते आइतबार आफ्नै राशिमा उदय हुनेछ। शनिको उदयले ३ राशिका व्यक्तिलाई लाभ मिल्नेछ। यी व्यक्तिहरुलाई नोकरी, व्यापारमा लाभ हुनेछ। पारिवारिक जीवन सुखमय हुनेछ, कष्टबाट मुक्ति मिल्नेछ। शनिदेवले यी राशिका जातकको जीवनमा खुशीयाली ल्याउनेछ। शनिदेवलाई प्रसन्न पार्न तपाईले पनि उपाय अपनाउनु सक्नुहुन्छ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
कुम्भ राशिमा शनि उदय हुँदा मेष राशिका जातकलाई लाभ हुनेछ। तपाईको आयश्रोत बढ्नेछ र आम्दानीमा बढोत्तरी हुनेछ। शनिको कृपाले तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। कामदारको तलबमा वृद्धि हुनसक्छ। व्यापार-व्यवसायको स्थिति पनि राम्रो रहनेछ। मुनाफाका प्रशस्त अवसरहरु प्राप्त हुनेछ। शैक्षिक प्रतियोगिताको क्षेत्रमा जातकलाई सफलता प्राप्त हुन् सक्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शनिको उदयको कारण तुला राशिका जातकको जीवनमा सकारात्मक बदलाव हुनेछ। सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। शैक्षिक प्रतियोगितामा गरिएको मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। समय तपाईको अनुकूल रहनेछ। तपाईको प्रेम सम्बन्ध मजबूत हुनेछ। नवविवाहित दम्पत्तिले सन्तान सुख प्राप्त गर्नेछन्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कुम्भ राशिमा शनि उदय हुँदा सिंह राशिका जातकको आर्थिक स्थितिमा सुधार हुनेछ। धन लाभ हुनेछ। आर्थिक सङ्कट दूर हुनेछ। जागिर गर्नेहरुको आयमा वृद्धि हुनेछ र व्यापार-व्यवसायमा आबद्द मानिसहरुलाई पनि फाईदा हुनेछ। अन्तत : तपाईले ऋणबाट मुक्ति पाउनुहुनेछ।