फागुन महिनामा शनिका कारण अभाव झेल्नुपर्नेछ यी ५ राशिले, आउनेछ उतारचढाव

♦ २०७९ साल फाल्गुन महिनाको राशिफल

♦ ज्योतिष हरिप्रसाद पौडेल 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

रोकिएका कामहरू क्रमशः बन्दै जानेछन् । उच्च मनोबलका साथ कार्यक्षमतामा प्रगति भएर जाने छ । पठनपाठनमा बाधाअड्चन देखा पर्नेछन् । कार्यक्षेत्रमा पदप्रतिष्ठा मिल्ने योग रहेको छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला। दम्पतीमा घरायसी विषयलाई लिएर केही असमझदारी बढेर जान सक्ने योग छ। काममा आएका बाधाअड्चन महिनाको उत्तरार्धपछि हटेर जानेछ। शारीरिक आरोग्यतामा समेत सुधारको योग छ। महिनाको पूर्वार्धमा काममा सामान्य बाधाअड्चन देखिए पनि उत्तरार्धमा सफलता एवं माङ्गलिक शुभकार्यको सम्भावना प्रबल छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सफलताको योग रहेकाले मनले सोचेका धेरेजसो योजना सम्पन्न हुनेछन्। गरेको काममा जश मिल्नुका साथै नयाँ काम पाउने सम्भावना छ। मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहने छ। युवावर्गका लागि प्रेम प्रसङ्गका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागिता जनाउनुपर्ने छ। महिनाको पूर्वार्धमा आकस्मिक यात्राको सम्भावना छ भने उत्तरार्धमा खर्चको मात्रा बढेर जानेछ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ। मानसिक अस्थिरता बढेर जाला। घरायसी विषयलाई लिएर दम्पतीमा असमझदारी बढेर जाने छ। आँटेका काममा आइपरेका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जानेछन्। लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ला। महिनाको पूर्वार्धमा सामान्य विवादमा पार्ने देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। घरायसी झमेला एवं पारिवारिक समस्याहरू उत्तरार्धमा क्रमशः हटेर जानुका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ। प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा सहभागिता जनाउनुपर्नेछ । मित्रहरूको सरसहयोग राम्रै मिल्ने देखिन्छ। आर्थिक पक्षका काम फलदायी रहने छन्। महिनाको उत्तरार्धमा विविध उपहारको लाभ, रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

 कार्यव्यस्तता बढेर जानेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको योग छ। अनावश्यक दौडधुप एवं व्यर्थको विवादमा समेत पार्ने सम्भावना देखिन्छ। मानसिक दुविधा केही बढेर जानसक्छ। शारीरिक आरोग्यता अनुकूल रहने छ। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने देखिन्छ। आर्थिक पक्षका काममा मध्यम सफलता मिल्ने छ। महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला। प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ। उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ। युवावर्गका लागि प्रेम तथा मनोरञ्जनका अवसरहरू मिल्ने छन् । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। आत्मीयजनको भेटघाटले मन रमाउनेछ। महिनाको पूर्वार्धमा केही बाधाअड्चन आइपर्ने देखिए पनि उत्तरार्धमा सफलताको सम्भावना छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मानसिक अस्थिरता एवं दुविधा केही बढेर जाने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले पिरोल्नेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । स्वास्थ्यमा सामान्य उतार चढावको स्थिति देखा पर्नेछ। आर्थिक पक्षका कामबाट राम्रै सफलता हात पर्ला। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ। महिनाको पूर्वार्धमा आफन्तसँगको भेटघाटले मन रमाउनेछ। उत्तरार्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

स्वास्थ्यमा सामान्य उतारचढावको स्थिति देखा पर्नेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जानेछ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाला। काममा आइपरेका बाधाअड्चन क्रमशः हटेर जाने छन्। इष्टमित्र एवं प्रियजनको भेटघाटले मन रमाउने छ । परिवारमा माङ्गलिक कार्यको सम्भावना देखिन्छ। महिनाको उत्तरार्धमा आकस्मिक यात्रा एवं धनागमनको योग रहेको छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

उच्च आत्मबलका साथ कार्यक्षमतामा वृद्धि भएर जाने छ। प्रतिस्पर्धामा सफलताको योग छ। मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यतासमेत अनुकूल रहनेछ। रमाइलो पारिवारिक वातावरणको अवसर मिल्नेछ। काममा आइपरेका बाधाअड्चन एवं झमेला क्रमशः हटेर जाने छन् । अध्ययन अध्यापनमा समेत अभिरुचि लाग्ने छ। परिवारमा माङ्गलिक शुभकार्यको आयोजना हुने देखिन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

गर्न आँटेका काममा ढिलासुस्तीका साथै अनावश्यक बाधाअड्चन आइपर्नेछन्। सामान्य विवादमा पार्ने योग रहेकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला। घरायसी खर्चको मात्रा बढेर जानेछ। ठूलो लगानी तथा लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। दम्पतीमा सामान्य असमझदारी बढ्न सक्ने देखिन्छ। अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागमनका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

राशिमा प्रवेश गरेको शनिका कारण शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जानेछ। ठूला लगानी एवं लेनदेनसम्बन्धी काम नगर्दा राम्रो होला । आँटेका काममा अनायासै नसोचेका झै-झमेला आइपर्नाले दिक्क पार्ने छ। दम्पतीमा विश्वासको अभाव देखापर्नेछ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ। महिनाको उत्तरार्धमा धनागमनका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। स्थान परिवर्तन एवं यात्राको सम्भावना छ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

 

घरायसी खर्चको मात्रा बढेर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ। पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्नेछन्। धार्मिक एवं सामाजिक काममा मन लाग्ने छ। महिनाको उत्तरार्धमा पारिवारिक भेटघाटका साथै धार्मिक यात्राको सम्भावना छ। सामान्य विवादको योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला।

प्रकाशित : बुधबार, फागुन १०, २०७९१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज फाल्गुन ११ गतेको राशिफल : बिहिबार यी ३ राशिले श्रीगणेश गर्नेछन नयाँ काम, मिल्नेछ अप्रत्याशित लाभ