कुण्डलीको यस्तो योगले बनाउँछ मालामाल, रातारात चम्किनेछ भाग्य

व्यक्ति धन कमाउनको लागि दिनरात मेहनत गर्छ। तर, मेहनत गर्ने मध्य थोरैले मात्र सफलता हासिल गर्न सक्छन्। ज्योतिष शास्त्रमा यस्ता धेरै योगहरुको उल्लेख गरिएको छ जसको प्रभावले मानिसलाई धनवान बनाउँछ। यदि तपाईको कुण्डलीमा पनि यस प्रकारको योग बनिरहेको छ भने यसले कीर्ति, अपार धन, विलासिता र पद आदि प्रदान गर्दछ।

मानिसको कुण्डलीमा दुई प्रकारका योग हुन्छन्। पहिलो शुभ योग र दोस्रो अशुभ योग। यी दुवै योगले मानिसको जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छ। यदि तपाईको कुण्डलीमा बृहस्पति र शुक्र ग्रह अनुकूल स्थितिमा छन् भने, व्यक्तिले अपार धन र जीवनमा सबै विलासिताको भोग प्राप्त   दिन्छन्।

कुण्डलीमा  कसरी बन्छ धन योग

कुण्डलीमा दोस्रो घरलाई आर्थिक स्थितिको घर भनिन्छ र एघारौं घरलाई आर्थिक लाभको घर भनिन्छ। यी दुई घर मिलेर धन योगको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसबाहेक कुण्डलीको दोस्रो घरको स्वामी एघारौं घरमा र एघारौं घरको स्वामी दोस्रो घरमा भएमा धन योग बन्ने गर्छ।

धन योगको प्रभाव

यदि दशौँ घरमा लग्न घरको ग्रह स्वामी छ भने, त्यो व्यक्ति माता पिता भन्दा मूल धनी हुन्छ। यदि व्यक्तिको सातौँ घरमा मंगल वा शनि र ११ औँ घरमा केतु बाहेक अन्य ग्रह छन् भने त्यस व्यक्तिको व्यापारबाट मनग्गे धन आर्जन हुन्छ।

यदि दोस्रो घरको स्वामी आठौँ घरमा हुन्छ भने आफ्नो  व्यक्ति मेहनतले धनी बन्छन्। यदि सातौँ घरमा शनि वा मंगल छ भने, व्यक्तिले जुवा र खेलबाट धन कमाउँछ।

प्रकाशित : मङ्गलबार, फागुन ०९, २०७९१९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन १० गतेको राशिफल : बुधबार यी राशिले लेनदेनमा सावधानी अपनाउनुस्, हुनेछ अचानक लाभ