फागु पूर्णिमा फाल्गुन शुक्ल पक्षको चतुर्दशीका दिन मनाइन्छ र पूर्णिमाको दिन रङ्ग खेल्ने गरिन्छ। होली पर्वमा केही विशेष उपाय अपनाउन सकिन्छ । यी उपायले जीवनका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ र घरमा सुख-शान्ति कायम रहन्छ। यसका साथै आर्थिक लाभको सम्भावना पनि सृजना भएको छ।
फागु पूर्णिमा भन्दा पहिले गर्नुहोस् यस्ता उपाय
फागु पूर्णिमा अघि घरको सम्पूर्ण सरसफाइ गर्नुपर्छ। यसले नकारात्मक ऊर्जालाई हटाउन मद्दत गर्छ। सरसफाइ गर्दा घरको उत्तर-पूर्व दिशा फोहोर हुनुहुँदैन भन्ने कुरामा ध्यान दिनुहोस् किनकि भगवान यस दिशामा बास हुन्छ।
पूर्णिमामा सबैभन्दा पहिले भगवानलाई रंग चढाउनुपर्छ। भगवान कृष्णलाई रंग लगाएर र अबिरले सजाएमा विशेष प्रसन्न हुन्छन्। यसपछि आफूभन्दा पहिले ठुलाहरूलाई रंग चढाएर आशीर्वाद लिनुहोस्। यसबाट मनोकामना पूरा हुन्छ।
होलिका दहनको समयमा ताजा र काँचो गहुँको बाला चढाउनु धेरै शुभ मानिन्छ। यसो गर्दा घरमा सकारात्मक ऊर्जा फैलिन थाल्छ। यस दिन होलिकाको कम्तीमा ७ परिक्रमा गर्नुपर्छ।
होलिका दहनको समयमा घरमा कुनै पनि फुटेको वस्तु राख्नु हुँदैन। घरमा त्यस्तो कुनै वस्तु छ भने तुरुन्त बाहिर निकाल्नुहोस्। यसले गर्दा नकारात्मक ऊर्जाले बास गर्न थाल्छ र घरको खुसी बिस्तारै हराउन थाल्छ।
होलीको रंगमा चाँदीको सिक्का राख्नुहोस्। यसो गर्नाले घरमा धन सम्पत्ति बढ्छ। त्यस्तै हल्का रङको प्रयोगले मनलाई शान्ति दिन्छ र स्वास्थ्य राम्रो हुन्छ। यही कारणले मानिसमा ऊर्जाको सञ्चार हुन्छ।