धार्मिक मान्यता अनुसार प्रत्येक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा विनायक चतुर्थी व्रत मनाइन्छ। यस दिन व्रत बसेर गणेशको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। गणेशको कृपाले दुःख कष्ट हट्छ र मनोकामना पूरा हुन्छ। तर, यस दिन चन्द्रमा हेर्न नहुने मान्यता रहेको छ। यस पटक फाल्गुन विनायक चतुर्थी व्रत फागुन ११ गते मनाइँदै छ। यसका साथ-साथै यस दिन ४ वटा शुभ योग पनि बन्न थालेकाले यस दिनको महत्त्व झनै बढेको छ। मिति, शुभ समय र उपाय जान्नुहोस्-
वैदिक पात्रो अनुसार फागुन शुक्ल पक्षको चतुर्थी तिथि फागुन ११ गते बिहान ३ बजेर २३ मिनेटमा प्रारम्भ भई भोलि फागुन १२ गते शुक्रबार बिहान १ बजेर ३२ मिनेटमा समापन हुनेछ। उदय तीथिका अनुसार विनायक चतुर्थी व्रत फागुन ११ गते बिहीबार मनाइनेछ।
यस दिन ४ वटा शुभ योग बनिरहेको छ। बिहानै देखि शुभ योग बनेको छ, जुन राती ८ः५७ बजेसम्म रहनेछ। यसपछि शुक्ल योग सुरु हुनेछ, जुन भोलिपल्ट साँझसम्म चल्नेछ। विनायक चतुर्थीको दिन रवि योग पूर्ण समय रहनेछ। यससँगै सर्वार्थ सिद्धि योग पनि बनिरहेको छ।
गर्नुहोस् यस्ता उपाय
फाल्गुन विनायक चतुर्थीको दिन गणेशलाई सिन्दूर तिलक लगाउनुहोस्। साथै यो मन्त्र ‘सिन्दूरं शोभनं रक्तं सौभाग्यं सुखवर्धनम्। शुभदं कामदं चैव सिन्दूरं प्रतिगृह्यताम्’ जप गर्नुपर्छ। यसो गर्नाले व्यक्तिले स्वास्थ्य राम्रो हुन्छ।
बिहान सबेरै उठेर सफा लुगा लगाउने, साथै शुभ समयमा भगवान गणेशको पूजा गर्नुहोस् र साँझ संकट नाशका गणेश स्तोत्रको पाठ गर्नुहोस्। त्यसो गर्नाले सबै प्रयासहरूमा सफल हुन मद्दत गर्न सक्छ। साथै सबै बाधाहरू नष्ट हुनेछन्।
यस दिन भगवान गणेशलाई २१ वटा लड्डु चढाएर गरिब बालबालिकालाई दान गर्नुहोस्। यसो गर्नाले भगवान गणेशको आशीर्वाद प्राप्त हुनेछ। साथै बुध ग्रहको कृपा प्राप्त हुनेछ ।