१२ वर्षपछि यी ३ राशिका कुण्डलीमा बन्नेछ ‘गजलक्ष्मी राजयोग’, आकस्मिक धनलाभ र भाग्योदयको प्रबल योग

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको प्रभाव मानव जीवन र देश-दुनियाँमा पर्छ। अप्रिलको सुरुमा बृहस्पति ग्रह मेष राशिमा प्रवेश गर्दैछ। बृहस्पति १२ वर्षपछि मेष राशिमा प्रवेश गर्न लागेको हो। जसकारण गजलक्ष्मी राजयोग बन्नेछ। यस राजयोगको प्रभाव सबै १२ वटै राशिहरुमा देखिनेछ। तर ३ राशिहरु यस्ता छन्, जसलाई यस समयमा आकस्मिक धनलाभ र उन्नतिको योग बनेको छ। जानौँ, ती भाग्यशाली राशिहरुका बारेमा…

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि गजलक्ष्मी राजयोग बन्नु शुभ र फलदायी साबित हुन सक्छ। बृहस्पति ग्रह मकर राशिको चतुर्थ भावमा विचरण गरिरहेको छ। जसलाई भौतिक सुख र माताको भाव मानिन्छ। त्यसैले यस समयमा तपाईले सबै भौतिक सुख प्राप्त गर्नुहुनेछ। साथै यस समयमा तपाईले घरजग्गा तथा सवारी साधन किन्ने मन बनाउन सक्नुहुन्छ। पैतृक सम्पत्ति प्राप्तिको सम्भावना पनि छ। होटेल, टूर ट्राभल्स र रियल स्टेटसँग सम्बन्धित व्यापार गर्नेहरुका लागि यो समय शानदार साबित हुन् सक्छ। यो योगको दृष्टि तपाईको दशम स्थानमा परिरहेको छ। त्यसैले तपाईको बढुवा र तलब वृद्धिको कुरा चल्न सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरूका लागि गजलक्ष्मी राजयोगको निर्माण आर्थिक रूपमा राम्रो साबित हुन सक्छ। किनभने बृहस्पति तपाईको राशिबाट दोस्रो भावमा भ्रमण गर्न लाग्दैछ। त्यसैले यस समय तपाईलाई आकस्मिक धनलाभ प्राप्त हुन् सक्छ। यससँगै रोकिएका काममा पनि गति आउनेछ। कार्यक्षेत्रमा वरिष्ठ अधिकारी र सहकर्मीको पूरा सहयोग मिल्नेछ र तपाईको प्रतिष्ठा पनि बढ्नेछ। व्यवसायीहरूले रोकिएको पैसा प्राप्त गर्न सक्छन्। तपाईमा शनिको साढेसाती चलिरहेको छ, त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

गजलक्ष्मी राजयोग तपाईको लागि लाभदायक साबित हुन सक्छ। किनभने बृहस्पति कुण्डलीको आय भावमा भ्रमण गर्दैछ। त्यसैले यस समयमा तपाईले धेरै माध्यमहरुबाट धन कमाउन सक्नुहुन्छ। साथै तपाईको आम्दानीमा पनि वृद्धि हुन सक्छ। लगानीबाट राम्रो लाभ हुनेछ।

प्रकाशित : शनिबार, फागुन ०६, २०७९२२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिका व्यक्तिमा सधैँ रहन्छ माता लक्ष्मीको आशिर्वाद, जीवनको पाइला-पाइलामा मिल्छ सफलता