आजको दिनमा नभुली गर्नुहोस् यस्ता कार्य, जीवनभर हुने छैन धनको कमी !

धार्मिक मान्यता अनुसार हरेक दिन बार अनुसार देवतालाई समर्पित छन्। शुक्रबार माता लक्ष्मीको पूजा गर्नु शुभ मानिन्छ। यस दिन लक्ष्मीको पूजा गर्नाले घरमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुने जनविश्वास छ। ज्योतिषशास्त्रका अनुसार लक्ष्मी माताको कृपाले धन, सुख र समृद्धिको कमी हुँदैन। यदि आर्थिक संकटको सामना गर्दै हुनुहुन्छ भने शुक्रबार केही विशेष उपायहरू अपनाउनुहोस्। यी उपाय गर्नाले जीवनमा सुख-समृद्धि आउने धार्मिक विश्वास छ।

ज्योतिषशास्त्र अनुसार आर्थिक अभावले समस्यामा परेका व्यक्तिले माता लक्ष्मीको कृपा प्राप्त गर्न शुक्रबार लक्ष्मीनारायणको पाठ गर्नुपर्छ। पाठ सकिएपछि माता लक्ष्मीलाई खीर चढाउनुपर्छ।

माता लक्ष्मीलाई रातो र सेतो रंग असाध्यै मन पर्छ। यस्तो अवस्थामा लक्ष्मीको पूजा गर्दा रातो कपडा लगाउनु शुभ मानिन्छ। यसो गर्नाले लक्ष्मी माता प्रसन्न भई मनोकामना पूरा हुने जनविश्वास छ।

श्री सुक्तको पाठ- शुक्रवार साँझ माता लक्ष्मीको श्री सुक्तको पाठ गर्नुपर्छ। यस बाहेक कनकधार स्तोत्रको पाठ पनि गर्नुपर्छ। यसले लक्ष्मीलाई प्रसन्न तुल्याउँछ।

शुक्रबार माता लक्ष्मीलाई रातो टिका पछेउरा, चुरा र अन्य सोह्र श्रृंगार चढाउनुपर्छ। यसो गर्नाले पतिको आयु लामो हुने जनविश्वास छ। सौभाग्य प्राप्ति हुन्छ।

शुक्रबार मा लक्ष्मीको नाममा दीप प्रज्वलन गर्दा कपासको सट्टा कलवको बत्ती बनाएर जलाउनुहोस्। जसका कारण लक्ष्मी माताको कृपा कायम रहन्छ ।

धन वृद्धिको लागि शुक्रबार पाँच वटा रातो रंगको फूलले देवी लक्ष्मीलाई अर्पण गर्नुहोस्। त्यसपछि उस फूललाई धन राख्ने स्थानमा राख्नुहोस्। यसो गर्नाले घरमा लक्ष्मीको आगमन हुने जनविश्वास छ।

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि महाशिवरात्रिको दिन शिवजीको पूजा गर्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, अन्यथा जीवन हुनसक्छ कष्टकर !