आज बिहीबार भगवान विष्णु र बृहस्पति देवको पूजा गर्ने शुभ दिन मानिन्छ। भनिन्छ यदि तपाईको काम लगातार बिग्रँदै गएको छ। परिवारका सदस्यलाई रोगले छोड्ने नाम लिइरहेको छैन वा कडा परिश्रम गर्दा पनि हात खाली छ भने बिहीबार केही विशेष उपाय अपनाएर भाग्यको ढोका खोल्न सकिन्छ। भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गर्नाले घरमा धन सम्पत्तिको आगमन हुन समय लाग्दैन।
बिहीबारको उपाय
सबैभन्दा पहिले ब्रह्म मुहूर्तमा उठेर सफा पानीले नुहाउनु पर्छ। स्नान गर्दा ‘ॐ बृहस्पते नमः’ को जप गर्नुहोस्। नुहाउने पानीमा एक चिम्टी बेसार हाल्नुहोस्। यसो गर्नाले तपाईको कुण्डलीमा भएको गुरु दोष अन्त्य हुन्छ र भाग्यको ढोका खुल्छ।
जागिर–व्यवसायमा आइरहेका बाधाहरू हटाउन आज मन्दिरमा फलफूल, कपडा, खाद्यवस्तु आदि पहेँलो वस्तु दान गर्नुहोस् । भगवान लक्ष्मी-नारायणको मन्दिरमा लड्डु चढाउनुहोस्। आफ्नो कार्यस्थलमा पनि पहेँलो वस्तुहरू प्रयोग गर्नुहोस्।
घरमा भएको गरिबी हटाउन चाहनुहुन्छ भने आज अर्थात् बिहीबारको दिन नङ काट्नु हुँदैन। बिहीबार महिलाहरूले कपाल धुने र कपडा धुने काम नगर्नुहोस्। घरमा भएको मन्दिरमा बेसारको (हलेदो) माला झुन्डाउनुहोस्। खाँचोमा परेकाहरूलाई दान गर्नुहोस् र मीठो बोल्नुहोस्। यसबाट पक्कै पनि यसको फाइदा हुनेछ।