अमेरिकन डलर उकालो लागेको लाग्यै ! कति पुग्यो ?

काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

 मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो । उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो ।

मंगलबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९  पैसा कायम भएको थियो । बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।  यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।

प्रकाशित : बुधबार, फागुन ०३, २०७९०९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माधव नेपाल भन्छन् – “सरकारी गठबन्धन, खिचडी गठबन्धन हो”